सेभ द सप्तरीद्वारा रङ्गशालामा सरसफाई

सेभ द सप्तरीद्वारा रङ्गशालामा सरसफाई
Bwtech New Add With Software & Bull SMS

राजविराज, १३ असोज । समाजिक संस्था सेभ द सप्तरीद्वारा शनिवार राजविराज स्थित राजरङ्गशालाको सरसफाई गरिएको छ ।
संघीय प्रहरी ईकाई राजविराजका सुरक्षाकर्मी तथा आयोजक संस्थाका पदाधिकारी एवम् कर्मचारीको सहभागितामा सरसफाई गरिएको हो । महिनौंदेखि रङ्गशालामा उम्रिएका झारपातलाई काटेर सफा गरिएको छ । यस्तै जथाभावी फालिएका फोहोरमैला समेत संकलन गरि व्यवस्थित गरिएको सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले जानकारी दिएका छन् ।
सरसफाई कार्यक्रममा संघीय प्रहरी ईकाईका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, डा. सत्यनारायण मेहता, दलित संघ सप्तरीका उपाध्यक्ष रमाकान्त विश्वकर्मा, व्यवसायी शत्रुध्न साह, संस्थाका पदाधिकारी सन्तोष देव लगायतको सहभागिता रहेको थियो ।

Online Saptari
Online Saptari

About The Author