केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयताको बाधकः मुख्यमन्त्री राउत

केन्द्रिकृत सत्तामा रमाउनेहरु संघीयताको बाधकः मुख्यमन्त्री राउत
Bwtech New Add With Software & Bull SMS

जनकपुरधाम, ९ असोज । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रिकृत सत्तामा रमाउनेहरु संविधान र संघीयताको कार्यान्वयन बाधक रहेको आरोप लगाएका छन् ।
संघीय समाजवादी फोरम नेपाल प्रदेश नम्वर २ को प्रादेशिक भेलालाई विराटनगरमा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले यस्तो आरोप लगाएका हुन् । राजनीतिक दलका नेताहरुले संघीयतालाई थोरबहुत स्वीकार गरे पनि स्थायी सत्ताका प्रतिनिधिहरुले संघीयतालाई अझै अंगिकार गर्न नसकेको उनले बताए ।
संविधानमा भएकै व्यवस्थाहरु कार्यान्वयन गराउन सातै प्रदेशका मुख्यमन्त्रीहरुले बैठक बसेर एजेण्डा तय गरेकै कारण प्रधानमन्त्रीले बैठक स्थगित गरेको बताउँदै उनले यस्तो प्रवृतिले केन्द्रिकृत मानसिकताको उजागर गरेको बताए । मुख्यमन्त्री राउतले प्रदेश नम्वर २ बाहेक सबै प्रदेशमा एउटै पार्टीको सरकार रहे पनि संघीय सरकारले प्रदेशहरुलाई अधिकार दिन आनाकानी गर्नुमा उनीहरुको नियतमै प्रश्न चिन्ह खडा भएको उल्लेख गरे ।
देशमा मधेशी आदिवासी जनजाति दलित मुस्लिम लगायत पहिचानवादीहरु दुई तिहाईको संख्यामा रहे पनि ती शक्तिहरुबीच आपसी एकता हुन नसक्दा मुठीभरका शासकहरुले शासन सत्ता सञ्चालन गरिरहेको मुख्यमन्त्री राउतले बताए । संविधानमा रहेका पहिचान र संघीयता सम्बन्धिका प्रावधानहरुलाई संस्थागत गर्दै थप अधिकारका लागि लडदै जाने पार्टीको निति प्रति कुनै द्विविधामा नपर्न नेता कार्यकताहरुलाई आग्रह गर्दै उनले पहिचानवादीहरु बीचको एकताले प्रदेश नम्वर १ मात्र नभई देशैभरमा पहिचानवादीहरुको शासन सत्ता स्थापित हुने बताए ।
पार्टीका महासचिव एवम् प्रदेश नम्वर १ का इन्चार्ज रणध्वज कान्दवाको अध्यक्षतामा आयोजित दुई दिने भेलाको उद्घाटन केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले गरे । भेलामा बरिष्ठ नेता अशोक राई, अर्का उपाध्यक्ष युवराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

Online Saptari
Online Saptari

About The Author