• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एसिड आक्रमणका मृतक दास परिवारलाई प्रदेश सरकारको सहयोग

एसिड आक्रमणका मृतक दास परिवारलाई प्रदेश सरकारको सहयोग

जनकपुरधाम, ९ असोज । एसिड आक्रमणमा परी गम्भीर भई मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधन प्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।
प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले मङ्गलवार उपचाररत मृतककी बहिनी सुस्मिता दासको उपचार र मृतकको राहत स्वरुप ‘बेटी बचाउ बेटी पढाउ’ योजनाबाट उक्त रकम दिने घोषणा गरेका हुन् । एसिड आक्रमणबाट गम्भीर दिदी बहिनीको उपचारको लागि यस अघि नै प्रदेश सरकारले १ लाख दिने निर्णय गरि सकेको जनाउँदै सम्झनाको जीवन रक्षा गर्न नसकिएकोप्रति मुख्यमन्त्री राउतले दुःख व्यक्त गरेका छन् । उपचारत १५ वर्षीया सुस्मिता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैबीच मुख्यमन्त्री राउतले उक्त एसिड आक्रमणको छानवीन गरी दोषी उपर कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरीन नदिन आवश्यक उपाय तथा कानूनी राय सहित लिखित प्रतिवेदन १५ दिन भित्र पेश गर्न मुख्यन्यायाधिवक्ता दिपेन्द्र झालाई आवश्यक निर्देशन समेत दिएका छन् ।