पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न

पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न
Bwtech New Add With Software & Bull SMS

वीरगञ्ज, ९ असोज । आशाराम अस्पतालद्वारा पर्सामा मङ्गलवार पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर आयोजना गरियो ।
शिविरमा एक सय १४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएकोमा १० जनामा एस.टि.आई पोजेटिभ देखिएको डा. ईन्द्रनिल घोषले जानकारी दिएकी छन् । उनका अनुसार एस.टि.आई देखिएका महिलाहरुलाई जनचेतना जागृत गराउनुको साथै उचित सल्लाह सुझाव र परामर्श दिईएको छ ।
सोही शिविरमा १० जनाले आई.यु.सि.डि गराएको डा घोषले बताईन् । शिविरमा बाराको जितपुर, सिमरा, कलैया, परवानीपुर र पर्साको सिर्सिया, भिष्वा, ईनर्वा, अशोकवाटिका लगायत भारतको रक्सौलका महिलाहरुले लाभ उठाएको आशाराम अस्पतालकी निर्देशक निभा दासले बताईन् ।
शिविरमा ममता श्रेष्ठ र इन्द्रा मगरले प्राविधिक सहयोग गरेकी थिईन् भने कार्यक्रमको सहजिकरण आसमान नेपालका शम्भु कुमार साहले गरेका गरिन् । कार्यक्रम आशाराम हस्पिटलकी निर्देशक दासको अध्यक्षतामा आयोजना गरिएको थियो ।

Online Saptari

About The Author

%d bloggers like this: