• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हरित प्रदेश योजना अन्तर्गत एकै दिन ५० हजार विरुवा रोपिने

हरित प्रदेश योजना अन्तर्गत एकै दिन ५० हजार विरुवा रोपिने

जनकपुरधाम, ८ असोज । प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा समेटेको हरित प्रदेश योजना कार्यान्वयनमा आउने भएको छ ।
मन्त्री परिषदको सोमवार बसेको बैठकले हरित प्रदेश योजनालाई सार्थकता प्रदान गर्न असोज १२ गते एकै दिन प्रदेश भरिमा ५० हजार विरुवा रोप्ने निर्णय गरेको छ । वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत लगायत सबै मन्त्री र राज्यमन्त्रीहरु उपस्थिति हुने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिएका छन् ।
स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो । वृक्षा रोपन कार्यक्रमका लागि सबै जिल्लामा वन डिभिजन कार्यालयहरुले समन्वय गरि रहेको छ । हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागु हुने जनाइएको छ ।