सप्तरीका पत्रकार यादवलाई हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार

सप्तरीका पत्रकार यादवलाई हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार
Bwtech New Add With Software & Bull SMS

राजविराज, ८ असोज । न्यूज टुडे दैनिक पत्रिका एवम् अनलाइनका सम्पादक समेत रहेका नेपाल टेलिभिजनका सप्तरी सम्वाददाता श्यामसुन्दर यादव हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखा काठमाण्डौद्वारा टेलिभिजनमै आइतवार आयोजित समारोहका बीच उनी पुरस्कृत भएका हुन् । संघीय संसदका सभामुख कृष्ण बहादुर महराले पत्रकार यादवलाई नगद २५ हजार एवम् ताम्रपत्रसहित पुरस्कार प्रदान गरेका छन् । यसैगरी नेपाल टेलिभिजनका समाचार सम्पादक सुरेन्द्र पौडेल र वरिष्ठ क्यामरा म्यान शिव पंगेनीलाई समेत संयुक्त रुपमा पुरस्कृत गरिएको छ ।
सोही कार्यक्रममा यसैवर्षदेखि स्थापना गरिएको टेलिभिजन समाचार सम्मानबाट टेलिभिजनमा विशिष्ठ योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । प्रतिष्ठान शाखाका अध्यक्ष निराजन खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नेपाल पत्रकार महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष दिलिप थापा मगर, बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतले मन्तव्य व्यक्त गरे ।
संघीय प्रेस फोरम नेपाल प्रदेश नम्वरका अध्यक्ष समेत रहेका यादव सप्तरीलाई कार्यक्षेत्र बनाएर विगत १८ वर्षदेखि पत्रिका, अनलाइन, एफएम र टेलिभिजनमार्फत पत्रकारिता गर्दै आएका छन् । पत्रकार यादवले ग्रामिण मुखि पत्रकारिता प्रवद्र्धन गर्नुका साथै सामाजिक रुपान्तरण एवम् सशक्तिकरण कार्यमा पत्रकारिताको माध्यमले सशक्त रुपमा कलम चलाउँदै आएका छन् । २०५६ सालमा बालचेतना समूहबाट कोपिला भित्तेपत्रिकाबाट उनी पत्रकारिताप्रति आकर्षित भएका थिए । कम्प्याक्ट कम्यूनिकेशन प्रा.लि.बाट प्रकाशित सत्यापन साप्ताहिकको सम्वाददाताको रुपमा २०५७ सालमा पत्रकारिता पेशामा प्रवेश गरेका थिए ।
उनले न्यूज टुडेको सम्वाददाता भएर लामो समयसम्म काम गरेपछि २०७२ सालदेखि न्यूज टुडे दैनिक र अनलाइनको सम्पादको जिम्मेवारी सम्हाल्दै आएका छन् । सप्तरीको तत्कालिन जमुनी मधेपुरा गाविस–९ हाल रुपनी गाउँपालिका–४ भथौल निवासी यादव सञ्चारदृष्टि साप्ताहिकका सम्पादकका साथै विभिन्न रेडियोहरुबाट पनि समाजिक रुपान्तर सम्वन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । मैथिली भाषा, साहित्यक, कला, संस्कृतिको क्षेत्रमा समेत सक्रिय रहनुकासाथै कलमको माध्यमले उजागर गर्दै आएका छन् । मैथिली साहित्य परिषद्का सचिव समेत रहेका पत्रकार यादवका हाम्रो सप्तरी र हाम्रो सप्तरीको दोश्रो संस्करण तथा छिन्नमस्ता भगवती दर्शन नामक पुस्तक प्रकाशित छन् ।
उनले मैथिली भाषाका विभिन्न चार वटा म्यूजिक भिडिओमा गीत रचना गरेका छन् । पथिक कविता संग्रह, तेस्रो मधेश आन्दोलन, पत्र मंजुषा सहितका पुस्तकहरु प्रकाशनको क्रममा रहेको छ । यसका साथै छिन्नमस्ता भगवती ऐतिहासिक बृत्तचित्र सहित आधा दर्जन बृत्तचित्रहरुको लेखन एवम् निर्देशन समेत गरिसकेका छन् । पत्रकार यादवले विश्व भाषाभाषी साहित्य पुरस्कार २०७१, मैथिली सम्मान २०७२, लोकेन्द्र स्मृति पत्रकारिता, राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवा सशक्तिकरण पत्रकारिता पुरस्कार २०७३, अमेरिका मधेशी समाजद्वारा उत्कृष्ट समाचार सम्प्रेषण लगायतका पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसकेका छन् ।

Online Saptari
Online Saptari

About The Author