• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

दर्शकको उत्‍साहजनक उपस्थिति सहित मैथिली फिल्म औकातको प्रिमियर सो सम्पन्‍न

दर्शकको उत्‍साहजनक उपस्थिति सहित मैथिली फिल्म औकातको प्रिमियर सो सम्पन्‍न

मैथिली कथानक चलचित्र एक्सन फिल्म औकात (ताकत प्रेमके) को प्रिमियर सो काठमाडौंको जडिबुट्टि स्थित पुस्पाञ्‍जली हलमा सम्पन्‍न भएको छ ।  सो समाप्ती पछिको दर्शकसँगको प्रतिकृयामा दर्शकहरुले अब मैथिलि चलचित्र पनि अरु भाषाको चलचित्रजस्तै गति लिन थालेकोछ यसतो मैथिलि भाषा संस्कृतिको विकास अवस्य हुने छ भनी प्रतिकृया दिनु भयो ।

फिल्मा नायक तथा निर्माता सबुरलाल सरदारसँगको स्यानो कुराकानीमा उहाँले भन्‍नु भयो “हामिले ५०० टिकट काटेका थियौं । मैथिलि चलचित्रलाई पनि माया गर्ने दर्शकहरुको कमि छैन । यो हाम्रो पहिलो चलचित्र भएकोले हाम्रो लागि अगामि दिनको लागि नया पाठ हो । हामिलाई लगानी गर्ने हौसला बढेको छ ।“

धनराज चौधरी, सबुरलाल सरदार नायक तथा मोनिका दाहाल नायीकाको रुपमा देखिएको यो फिल्मा गितहरुमा भागवत मण्डल, सोनु कुमार मण्डल, अन्जु यादव लगयतका गायक गायीकाहरुको स्वर रहेको छ भन्‍ने अन्य कलाकारहरुमा डि.पि. शास्त्री, मालिक पण्डित लगायतका कलाकारले कुशल अभिनय गरेको छ ।

ओमसाई राम कन्सट्रक्सन प्रा.लि.का एम.डी. विजय कुमार साहले रिवन काटी प्रिमियर सोको उदघाटन गरेको थियो भने विशिष्ट अतिथिमा सोही कन्सट्रक्सनका कन्सट्रक्टर उमेश प्रसाद साहका साथै फिल्मका निर्देशक राजु राजेदेव चौधरी, नायक एवं निर्माता सवुरलाल सरदार, नव नायिका परि साह, शिवनारायण यादव, राजकुमार चौधरी, मिश्रीलाल यादव, अमित भुजेल, प्रमेश्वर महतो, रमानन्द यादव, जोगिन्द्र साह, उमेश साह,  बेचु चौधरी, दिपेन सरदार, तेजुलाल चौधरी, कमल मंडल, रामभरोज चौधरी, रामप्रसाद विश्वकर्मा, रामप्रसाद विश्र्वकर्मा, देवराज पंडित लायतको उपस्थिति रहेको थियो ।