सप्तरीको स्वाइन फ्लु प्रभावित क्षेत्र आउँदै मुख्यमन्त्री राउत

सप्तरीको स्वाइन फ्लु प्रभावित क्षेत्र आउँदै मुख्यमन्त्री राउत
Bwtech New Add With Software & Bull SMS

राजविराज, ४ असोज । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउत सप्तरीको कञ्चनरुप नगरपालिकाको स्वाइन फ्लु प्रभावित क्षेत्रमा आउने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्री राउत शुक्रवार विहान करिब ११ बजेको समयमा नगरपालिका पुग्ने कार्यक्रम तय भएको हो । मुख्यमन्त्री राहत कोषबाट उनले नगरपालिकाका चार मृतक परिवारलाई जनही २ लाख रुपैयाँका दरले उपलब्ध गराउने संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिएका छन् । उनका अनुसार यस अतिरिक्त मुख्यमन्त्री राउतले स्वास्थ्य संस्थाहरुमा औषधीसहित आवश्यक सामग्रीका लागि १५ लाख रुपैयाँ समेत उपलब्ध गराउनेछन् । मुख्यमन्त्री राउत पदभार ग्रहण गरेपश्चात दोस्रो पटक सप्तरी आउन लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश कुमार मिश्रले जानकारी दिएका छन् । टोलीमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह लगायतका सहभागी रहने जनाईएको छ ।
कञ्चनरूप नगरपालिका वडा नम्वर ७ का १४ वर्षिय दिवस बस्नेत, वडा नम्वर ३ का १४ वर्षीय किशोर राम, वडा नम्वर ९ का १४ वर्षीय अमोदकुमार राम र कञ्चनरुप नगरपालिका वडा नम्वर ४ की ५० वर्षिया भालसर देवी सरदारको मृत्यु भएको छ । बस्तीमा ज्वरो र रुघाखोकीका विरामी वढ्दै गएपछि कञ्चनरुप तथा हनुमाननगर क्षेत्रमा स्वास्थ्य शिविरहरु अहिले पनि सञ्चालनमा रहेको छ ।
यसैगरी ज्वरो तथा रुघाखोकीकै कारण र महादेवा गाउँपालिका १ का ८ वर्षीय महफुल आलमकोे पटक मृत्यु भएको छ । गत भदौ २४ देखि कंचनरुप र हनुमाननगरमा गरिएको स्वास्थ्य शिवीर मार्फत २४ जनाको रगत र ¥याल परिक्षणका लागि काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो । जनस्वास्थ्य कार्यालयका प्रमख निरन्जन यादवका अनुसार एक जनामा स्वाइन फ्लु र ४ जनामा हङकङ फ्लुको भाइरस फेला परेको थियो । परीक्षणमा कञ्चनरुप नगरपालिका ७ का हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण देखिएपछि थप उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको थियो ।

Online Saptari
Online Saptari

About The Author