राजविराजमा सिद्धार्थ बैंकको शाखा सञ्चालन

राजविराजमा सिद्धार्थ बैंकको शाखा सञ्चालन
Bwtech New Add With Software & Bull SMS

राजविराज, ४ असोज । सप्तरीको राजविराजमा सिद्धार्थ बैंकको शाखा कार्यालय विहीबार उद्घाटन गरिएको छ ।
राजविराजको गजेन्द्रचौकदेखि पश्चिम सुनचाँदी लाइन आदालत नजिकै रहेको भवनमा सिद्धार्थ बैंकको शाखा कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको हो । बैंकको उद्घाटन लहान ब्राण्चका म्यानेजर रामप्रमोद यादव र राजविराजको ब्रान्चका म्यानेजर सन्तोष साहले गरे ।
विधिवत रुपमा पूजाआजा गरी समान्य रुपमा उद्घाटन गरिएको छ । केही दिनमै ग्राहकवर्गलाई लक्षित गरी एटीएम, ऋण लगानी लगायतका विशेष कार्यक्रमहरू सञ्चालन गर्ने जनाईएको छ । ग्राहकहरुकालागि सस्तो र भरपर्दो रूपमा सेवा प्रदान गर्ने आफुहरुको लक्ष्य रहेको राजविराज ब्रान्चका प्रमुख साहले जानकारी दिएका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: