स्वाइन फ्लु प्रभावित क्षेत्रमा थप चिकित्सक टोली

स्वाइन फ्लु प्रभावित क्षेत्रमा थप चिकित्सक टोली
Bwtech New Add With Software & Bull SMS

राजविराज, १ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वाइन फ्लु, हङकङ फ्लु र ज्वरोको प्रकोप बढेपनि विशेषज्ञ डाक्टर अभावले उपचारमा समस्या भईरहेकोमा सोमवार दुई जना विशेषज्ञ डाक्टर केन्द्रबाट आइपुगेका छन् ।
महामारी नियन्त्रण महाशाखाबाट डा. प्रकाश साहसहित दुई जनाको टोली कञ्चनरुप पुगेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा. संजीव झाले जानकारी दिएका छन् । उक्त नगरपालिकामा ज्वरो आएर दुई हजारभन्दा बढी मानिसको विरामी पर्नुेका साथै दुई साता यता ४ जनाको मृत्यु समेत भईसकेको छ । विरामी परेकाहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएपनि विशेषज्ञ डाक्टर अभावका कारण उपचारमा समस्या हुँदै आएको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख झाले सोमवार दुई ठाउँमा स्वास्थ्य शिविर राखेर स्वास्थ्य जाँचको काम भईरहेको जानकारी दिएका छन् । प्रकोप बढ्न थालेपछि नगरकार्यपालिकाको आकष्मिक वैठकद्वारा कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा गरिएको छ । दुई दिनदेखि नगरपालिका क्षेत्रभित्रका विद्यालयहरु बन्द गरिएको छ । नगरपालिकालाई विपद् क्षेत्र घोषणा प्रकोप नियन्त्रण नहुन्जेल कायमै रहने नगरपालिकाका मेयर वसन्तकुमार मिश्रले जानकारी दिएका छन् ।
यसैबीच कञ्चनरुप नगरपालिकाकै छिमेकी तिरहुँत गाउँपालिकामा समेत सोमवारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको छ । रोगको प्रकोपबाट सचेतनाका लागि यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेर यादवले जानकारी दिएका छन् ।
गाउँपालिकाका स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वयम सेविका समेत टोल टोलमा परिचालन गर्ने निर्णय भएको उनले बताए ।

Online Saptari
Online Saptari

About The Author