• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

निर्मला हत्याकाण्ड विरुद्ध राजविराजमा प्रदर्शन

निर्मला हत्याकाण्ड विरुद्ध राजविराजमा प्रदर्शन

राजविराज, ३० भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न दोषीलाई कार्वाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै शनिबार सप्तरीको राजविराजमा वृहत प्रदर्शन गरिएको छ ।
हत्या भएको ५१ दिन वित्दा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको प्रति आक्रोश व्यक्त गर्दै अधिकारकर्मीहरुद्वारा प्रदर्शन गरिएको हो । शिव मन्दिर प्राङ्गणबाट निकालिएको ¥यालीका सहभागीहरुले छातीमा ‘जसटिस फोर निर्मला’, ‘हत्यारालाई कारवाही’, ‘महिला अधिकार हाम्रो सरोकार’ लेखिएका प्लेकार्ड टाँसेर बजारभरि प्रदर्शन गरेका छन् ।
उनीहरुले निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पक्राउ गर्न माग राख्दै समाजमा शान्ति सुरक्षाको गतिलो व्यवस्था मिलाउन पनि माग गरेका छन् । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।