• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संघीय प्रेस फोरमको प्रदेश समिति गठन, अध्यक्षमा श्यामसुन्दर

संघीय प्रेस फोरमको प्रदेश समिति गठन, अध्यक्षमा श्यामसुन्दर

रामनारायण कापडी
जनकपुरधाम, २९ भदौ । संघीय प्रेस फोरम प्रदेश नम्वर २ को तदर्थ समिति विहिवार सर्वसम्मत गठन भएको छ ।
जनकपुर स्थित संघीय समाजवादी पार्टी कार्यालयमा सम्पन्न प्रेस फोरमको प्रदेश भेलाबाट सप्तरीका श्याम सुन्दर यादवको अध्यक्षतामा १३ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरिएको हो । समितिका उपाध्यक्षद्वयमा विजय कु्शवाहा ( पर्सा ) र सुरेश यादव ( धनुषा ) चयन भएका छन भने सचिवमा रामनारायण कापडि ( धनुषा ), सह–सचिवमा अभरेन्द्र यादव ( सिरहा ), कोषाध्यक्षमा राकेश यादव ( रौतहट ) चयन गरिएको छ ।
सदस्यहरुमा नागेन्द्र यादव ( महोतरी ), प्रिया सिंह थारु ( सप्तरी ), जितेन्द्र सिंह दनुवार ( सिरहा ), मुकेश मंडल ( बारा ), मनोज यादव ( सर्लाही ) , अनिल तिवारी ( पर्सा ) र बन्दना झा ( सर्लाही ) सर्व सम्मतिले चयन गरिएको छ । धनुषा क्षेत्र नं. २ ( २ ) का प्रदेश सांसद तथा वरिष्ठ पत्रकार रामअशिष यादवको अध्यक्षतामा आयोजित प्रेस फोरमका पत्रकारहरुको भेलामा प्रमुख अतिथि संघीय समाजवादी फोरमका प्रदेश मुख्य सचिव शम्भु झा रहेका थिए भने विशिष्ट अतिथिद्वय प्रदेश सचिव शेषनारायण यादव र सल्लाउदिन अहमद, पार्टी जिल्ला अध्यक्ष चन्देश्वर महतो, पूर्व सांसद उर्मिला साह, महिला नेत्री विन्दु कुमारी यादव, विष्णुदेव साह र प्रेस फोरमका केन्द्रिय उपाध्यक्ष आतिश मिश्र, पत्रकार एवम् विष्लेशक भोला पासमान, प्रेस फोरमका केन्द्रिय सदस्य बैधनाथ यादव लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।