• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुको सन्त्रास

पाँच जनाको मृत्यु, ती दिनका लागि विद्यालय बन्द, विपत क्षेत्र घोषणा
सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुको सन्त्रास

राजविराज, २९ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप बढेपछि आइतबारदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।
उच्च ज्वरो, खोकी लाग्ने, छाती दुख्ने लगायतका लक्षण देखिएर नगरपालिका वडा नम्वर ४ र महादेवा गाउँपालिका वडा नम्वर १ मा एक जनाको मृत्यु भएको हो । कञ्चनरुप नगरकार्यपालिकाको आकस्मिक बैठकबाट नगरलाई विपद क्षेत्र घोषणा गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको वडा नम्वर २ का अध्यक्ष रामनारायण साहले जानकारी दिए ।
कञ्चनरुपबाट १८ र हनुमाननगर कंकालिनी नगरपालिकाबाट ६ जनामा गरिएको परीक्षणमा १ जनामा स्वाइन फ्लु र ४ जनामा हङकङ फ्लुको भाइरस फेला परेको जनस्वास्थ्य कार्यालयका प्रमख निरन्जन यादवले बताए । कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका र महादेवा गाउँपालिकामा सयौं ज्वरो र खोकीबाट पीडित हुन थालेपछि विभिन्न स्थानमा स्वास्थ्य जाँच शिविर पनि सञ्चालन गरिएको छ ।
गत भदौ २४ देखि कंचनरुप र हनुमाननगरमा गरिएको स्वास्थ्य शिवीर मार्फत २४ जनाको रगत र ¥याल परिक्षणका लागि काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो । परिक्षणमा कञ्चनरुप नगरपालिका ७ का हरिलाल साहलाई स्वाईन फ्लुको संक्रमण देखिएको कञ्चनरुप नगरपालिका स्वास्थ्य संयोजक डम्बर प्रसाद गुप्ताले बताए ।
कञ्चनरूप नगरपालिका ७ का १४ वर्षिय दिवस बस्नेत, वडा नम्वर ३ का १४ वर्षीय किशोर राम, वडा नम्वर ९ का १४ वर्षीय अमोदकुमार रामको मृत्यु तथा ज्वरो र रुघाखोकीका विरामी वढ्दै गएपछि कञ्चनरुप तथा हनुमाननगर क्षेत्रमा स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको छ । यसैगरी ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका ४ मा ५० वर्षिया भालसर देवी सरदार र महादेवा गाउँपालिका १ का ८ वर्षीय महफुल आलमको समेत पछिल्लो पटक मृत्यु भएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिको बिहीबारैको आपतकालिन बैठकले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली पठाई उपचारको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।