भूपेन्द्र संस्कृत माविका उत्कृष्ट छात्रछात्रा पुरस्कृत

भूपेन्द्र संस्कृत माविका उत्कृष्ट छात्रछात्रा पुरस्कृत
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ भदौ । सप्तरीको एक मात्र संस्कृत माध्यमिक विद्यालयका छात्र–छात्राहरुमध्ये शुक्रवार नेपाली, संस्कृत तथा सामाजिक विषयमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पुरस्कृत भएका छन् ।
छिन्नमस्ता गाउँपालिका अन्तर्गत छिन्नमस्ता भुपेन्द्र संस्कृत माध्यमिक विद्यालयवाट प्रवेशिका परीक्षामा नेपाली, संस्कृत र सामाजिक विषयमा सर्वाधिक अंक ल्याउने विद्यार्थीहरु पुरस्कृत भएका हुन् । प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले स्थापना गरेको पण्डीत नित्यानन्द पुरस्कारवाट शैक्षिक शत्र २०७३ मा संस्कृत विषयमा उच्च अंक ल्याउने ममता कुमारी यादव र २०७४ मा उच्चतम अंक ल्याएका प्रियंका कुमारी साह पुरस्कृत भएका छन् । पत्रकार झाले आफ्ना बुवाको नाममा स्थापना गरेको उक्त पुरस्कारको राशी भने १ हजार १ सय एघाह्र रहेको थियो ।
यसैगरी कल्याण पोष्ट दैनिकका सह–सम्पादक ध्रुब कुमार मण्डलले स्थापना गरेको छठू–सगुनियाँ स्मृति पुरस्कारवाट शैक्षिक सत्र २०७३ मा नेपाली विषयमा सर्वाधिक अंक ल्याउने बब्लु कुमार यादव र छात्रा तर्फ सोनी कुमारी यादव तथा शैक्षिक सत्र २०७४ मा छात्रा तर्फ संगिता कुमारी कर्ण र छात्रतर्फ ओम प्रकाश यादव पुरस्कृत भएका छन् । आफ्ना हजुर आमा र हजुर बुवाको नाम स्थापना गरेको पुरस्कारको राशी भने ५ सय पाँच रहेको थियो ।
यसैगरी समाजसेवी विद्यानन्द चौधरीले समेत आफ्ना आमा बुवाको नाममा स्थापना गरेको पुरस्कार वितरण समेत गरियो । चौधरीले समाजिक विषयमा बढी अंक ल्याएका ओम प्रकाश यादव र बब्लु कुमार यादवलाई सो पुरस्कार प्रदान गरे । विद्यालयका प्रधानाध्यापक लालबहादुर मण्डलको अध्यक्षतामा आयोजित समारोहमा छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष उषाकुमारी मण्डलले पुरस्कृत विद्यार्थीहरुलाई बधाइ एवम् शुभकामना दिए ।
कार्यक्रममा पत्रकार बैद्यनाथ झाले विद्यार्थीको प्रोत्साहन र सम्पूर्ण भाषाको जननी संस्कृतको संरक्षण सम्वद्र्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार ध्रुब कुमार मण्डल, छिन्नमस्ता गाउँपालिकाको वडा नम्वर ३ का वडा अध्यक्ष दिपु कुमार यादव, विद्यालयका शिक्षकहरु भोगेन्द्र झा, रामनरेश यादव, इन्द्र बहादुर थापा लगायतले मन्तव्य व्यक्त गरे ।

 

Online Saptari

About The Author

%d bloggers like this: