• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

जिउँदो शहिद देवनारायणको छोरालाई अष्ट्रेलियाको छात्रबृति

जिउँदो शहिद देवनारायणको छोरालाई अष्ट्रेलियाको छात्रबृति

राजविराज, २७ भदौ । एसोसियशन अफ नेपाल तराई इन अस्ट्रेलियाले आव्हान गरेको छात्रवृतिमा मधेश आन्दोलनका एक घाइते परिवारले इन्जिनियरिङ्ग अध्ययनकालागि चयन भएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर–१ भारदह निवासी मधेश आन्दोलनका जिउँदो शहिद देवनारायण विश्वासका छोरा शिवनारायण विश्वास छनौटमा परेका हुन् । स्ट्रेलियामा बसोबास गर्दैआएका तराईएनहरुको संस्था एसोसियशन अफ नेपाल तराई इन अस्ट्रेलियाका अध्यक्ष अरुण कुमार ठाकुरले दिएको जानकारी अनुसार छात्रबुत्तिकालागि परेको आवेदनहरुमध्येबाट शिवनारायण विश्वासको नाम छनौटमा परेको छ ।
आन्दोलनका घाइते विश्वासका छोरा शिवनारायण २०७५ १२ क्लास उतिर्ण गरी ईन्जिनियरिङ्ग अध्ययनकालागि प्रयासरत रहँदैआएका थिए । बिश्वास दम्पतीले छोराको पढाईको लागि गरेको मेहनत र लगनशिलताको लागि धन्यवाद एवम् छनौटमा परेका शिवकुमारलाई बधाई सहित उतरोत्तर प्रगतिको कामना गरेको छ ।
विद्यार्थी शिवनारायणको १२ कक्षा पठन–पाठनको लागि समाजसेवी सरोज रायको पहलमा पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । रायकै विशेष पहलमा एसोसियशन आफ नेपाल तराई इन अस्ट्रेलियाको छात्रवृति समेत प्राप्त गर्न सफल भएको विद्यार्थीका बुवा देवनारायणले बताए । शिवनारायणले आफुलाई सिए पढ्न ठुलो रहर भएको बताएपछि समाजसेवी राय स्पोन्सर खोज्न प्रयासरत रहँदैआएका थिए ।
छात्रवृति प्रदान गर्ने एसोसियशन अफ नेपाल तराई इन अस्ट्रेलिया परिवार र संस्थाका अध्यक्ष अरुण कुमार ठाकुरलाई समाजसेवी रायले हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेका छन् ।