• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आदिवासी जनजाति महासंघ सिरहाको अध्यक्षमा पुनः मोक्तान

आदिवासी जनजाति महासंघ सिरहाको अध्यक्षमा पुनः मोक्तान

वृजमान तामाङ
विरेन्द्र वजार, २४ भदौ । नेपाल आदिवासी जनजाति महासंघ सिरहाको अध्यक्षमा पुनः डेनोक मोक्तान तामाङ चयन भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ सिरहाको आईतवार सम्पन्न चौथौ जिल्ला अधिवेशनले मोक्तानको नेतृत्वमा १५ सदस्य जिल्ला समिती सर्वसम्मत चयन गरेको हो । गठित समितीको महिला उपाध्यक्षमा विना मण्डल धानुक, उपाध्यक्षहरुमा हरि नारायण उराँव, कारिराम पुलामी मगर, सचिवमा दुर्गानन्द चौधरी, महिला सहसचिवमा सुजता राई, सहसचिवहरुमा पृथ्वी सुनुवार, रविन्द्र कुमार श्रेष्ठ र कोषाध्यक्षमा विरेन्द्र सिंह दनुवार निर्विरोध चयन भएका छन । यसैगरी समितीको सदस्यहरुमा पाण्डप कुमार मण्डल धानुक, अनिला सिंह दनुवार, अन्जनी राई लगायतका रहेका छन । मोक्तन दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन । सिरहाको धनगढीमाई नगरपालिका स्थीत जिरोमाईलमा आईतवार आयोजित अधिवेशनको उद्घाटन प्रदेश नम्वर २ का उधोग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डल धानुकले गरेका थिए ।

अधिवेशन उद्घाटन समारोहमा प्रमुख अािथी राज्य मन्त्री धानुक, नगरपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित आदिवासी जनजाति जनप्रतिनिधिहरुलाई दोसला र सम्मानपत्रद्धारा सम्मान गरिएको छ । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष गोविन्द छन्त्याल, सचिव एवम प्रदेश नम्वर २ का सह ईन्चार्ज राज कुमार वोटे लगायतका विभिन्न जातिय संगठनका अध्यक्ष स्थानिय तहका अध्यक्ष र वडा अध्यक्ष लगायतका आदिवासी जनजाति वुद्धिजीवीहरुको समेत विशेष उपस्थिती रहेको थियो ।