• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बोदे वरसाईन नपामा ८ वटा सेवा निःशुल्क

राजविराज, २४ भदौ । सबैतिर कर वृद्धि भएको गुनासो आईरहेको वेला सप्तरीको बोदे बरसाईन नगरपालिकाले भने कुनै करको दरमा वृद्धि नगरेको जनाएको छ ।
जिल्लाभरिका स्थानिय तहहरुले विभिन्न शिर्षकमा कर बढाएको आलोचना भईरहेको वेला नगरपालिकाले भने कुनै पनि वस्तुमा कर नबढाएको दावी गरेको हो । नगरपालिकाले आईतवार सुचना जारी गरी जनतालाई सहुलियत हुने हिसावले विभिन्न ८ वटा शिर्षकमा कायम गरिएको कर मिनाहा समेत गरेको जनाएको छ ।
यसअघि नगरपालिकाले कायम गरेको केहि शिर्षकको कर बढि भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यापालिकाको वैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित ८ वटा शिर्षकको कर मिनाहा गरि निःशुल्क गरिएको मेयर आतेशकुमार सिंहले जानकारी दिनु भयो ।
नगरपालिकाले जारी गरेको सुचना अनुसार नागरिकता प्रमाण पत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाईसराई दर्ता, सम्वन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृती सिफारिस र स्वास्थ्य सम्वन्धि सिफरिस सेवा निःशुल्क गरिएको छ ।