मुस्लिम अगुवा तथा समाजसेवी सम्मानित

मुस्लिम अगुवा तथा समाजसेवी सम्मानित
Bwtech New Add With Software & Bull SMS

राजविराज, २३ भदौ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा राजविराज नगरपालिका १ चनौरा पडरिया स्थित मदर्सा आसिनियाँ दारुल उलुमद्वारा शनिवार एक कार्यक्रमका बीच मुस्लिम अगुवा तथा समाजसेवीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा मदर्साका अध्यक्ष हाजी आसिन मियाँले २ नम्बर प्रदेशका प्रदेश प्रमुखका प्रमुख स्वकिय सचिव तथा मुस्लिम अगुवा युसुफ अलीसहित कानुन व्यवसायीहरु शिबकुमार चौधरी, मो. समिम अली, समाजसेवीहरु मो. अलाउदी, मो. सरफुदिन, मो. ताहिर, मो. इलयास, मदर्सा समन्वय समितिका मो. शाहजहाँ लगायतलाई दोसल्ला ओढाएर सम्मान गरे । उक्त अवसरमा मदर्सामा अध्ययनरत कक्षा १ देखि ४ सम्मका प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गरेका छात्रछात्राहरुलाई शैक्षिक सामग्री समेत गरेको छ ।
वक्ताहरुले मदर्सा शिक्षालाई राष्ट्रिय शिक्षाको मुलप्रवाहमा ल्याउनुपर्नेमा जोड दिदै मुस्लिम समुदायको शिक्षामा अझै पहुँच पुग्न नसकेको बताए ।
२०६३ सालमा स्थापित उक्त मदर्सामा हाल १०० जना छात्रछात्राहरु अध्ययनरत रहेका छन् ।

Online Saptari
Online Saptari

About The Author