संघीयता टिक्न नदिने खेल भईरहेको छः मन्त्री यादव

संघीयता टिक्न नदिने खेल भईरहेको छः मन्त्री यादव
Bwtech New Add With Software & Bull SMS

राजविराज, २२ भदौ । प्रदेश नम्वर २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले संघीयता टिक्न नदिने खेल भईरहेकोले कर्मचारीहरुलाई थप जिम्मेवार भएर भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
निजामति कर्मचारी दिवसको अवसर पारेर सेवा निवृत राष्ट्रसेवक संघ नेपालको आयोजना तथा संघको केन्द्रिय समितिको सहयोगमा शुक्रवार आयोजित ‘नतिजामुखि प्रशासन, सुशासन र समृद्धि’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशी जनताको कठोर संघर्ष र बलिदानबाट प्राप्त मुख्य उपलब्धीको रुपमा रहेको संघीयतालाई नै समाप्त पार्ने खेल भईरहेको बताउँदै उनले भने ‘देशमा संघीयता टिक्न नदिने खेल भईरहेको छ, यदि प्रदेश २ मा असफल भयो भने प्राप्त उपलब्धी समेत गुम्नसक्ने भएकोले राष्ट्रसेवक कर्मचारी लगायत सबै पक्षले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका खेल्नु जरुरी छ ।’
आफुहरु अझै आन्दोलनमै रहेको बताउँदै उनले संविधान मधेश विरोधी रहेकोले संशोधनको विकल्प नरहेको बताए । प्रदेशलाई समृद्ध बनाउन अकाशप्राप्त राष्ट्रसेवक कर्मचारीहरुको सहयोग आवश्यक रहेको भन्दै क्षमतावान व्यक्तिहरुलाई विभिन्न क्षेत्रको जिम्मेवारी दिन आफुहरु तयार रहेको मन्त्री यादवले प्रतिवद्धता व्यक्त गरे ।
आयोजक सेवा निवृत राष्ट्रसेवक संघका जिल्ला अध्यक्ष प्रयाग यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, संघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष शंकर खरेल, सिरहा अध्यक्ष राजेन्द्र प्रसाद साह, राष्ट्रिय जनता पार्टीका जिल्ला संयोजक जिबछ यादव, कृषिविज्ञ डा. देवनाथ यादव, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा लगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन अवकाशप्राप्त प्राचार्य रामाकान्त यादवले गरे ।

Online Saptari
Online Saptari

About The Author