Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

समाजसेवी मुल्मीद्वारा हरवाचरवा बालबालिकालाई छात्रबृत्ति

समाजसेवी मुल्मीद्वारा  हरवाचरवा बालबालिकालाई छात्रबृत्ति
Bwtech New Add With Software & Bull SMS

राजविराज, २१ भदौ । मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन (हुर्क ) नेपाल राजविराज ५ को आयोजना तथा द फ्रिडम फण्ड को सहयोगमा तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ४ र ५ का २५० जना हरवाचरवा बालबालिकाहरूलाई छात्रवृत्ति वितरण गरियो ।
कार्यक्रममा नेपालका वरिष्ठ समाजसेवी तथा प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका निर्देशक शान्ता लाल मुल्मीले आफ्नो निजी लगानीमा १० जना हरवाचरवा बालबालिकालाई छात्रवृत्ति वितरण गरेका छन् । २६० जना बालबालिकालाई ब्याग, कापी, पेन्सिल, ईरेजर, कटर, कलम, स्कूल पोशाक, पैन्ट, कुर्ता, सलवार, सल, जुत्तामोजा लगायतका सामग्रीहरु उपलब्ध गराइएको छ । शिक्षामा बिशेष प्रोत्साहन को लागि उक्त छात्रवृत्ति वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष पार्थो सरकारले जानकारी दिए ।
कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंह, शान्ता लाल मुल्मी, रेस्फेक फत्तेपुरका फिल्ड इञ्चार्ज मदनराज कटुवाल, वडा अध्यक्ष राजेन्द्र साह, वडा सचिव रामकुमार सिंह, कार्यक्रम संयोजक पोटराज पोखरेल, ओकिल मण्डल, वडा सदस्य दिनेश प्रासाद सिंह लगायतको उपस्थितिमा उक्त सामग्रीहरु वितरण गरिएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: