• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

मन्त्री साह भन्छन् ‘कलासंस्कृति संरक्षण गर्न बोर्ड गठन गरिंदैछ’

मन्त्री साह भन्छन् ‘कलासंस्कृति संरक्षण गर्न बोर्ड गठन गरिंदैछ’

वृजमान तामाङ
विरेन्द्र बजार, २० भदौ । प्रदेश २ का भुमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले विभिन्न जातजाति एवम् धर्म सम्प्रदायको गहनाको रुपमा रहेकोले यसको संरक्षणकालागि आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित बिरेन्द्र बजारमा बुधवार कृष्णा फिल्मस् प्रा.लि तथा कृष्णा म्यूजिकल ग्रुपको ११ औं वार्षिक उत्सवलाई सम्वोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । प्रदेश सरकारले कलाकारहरुको भावनालाई सम्वोधन गर्न कला संस्कृति बोर्ड गठन गरेको बताउँदै मन्त्री साहले प्रदेश नम्वर २ को कलाकार र कला संस्कृती संम्वद्र्धन र प्रवद्र्धनकालागी विशेष योजना ल्याएको जानकारी गराए ।
प्रदेश नम्वर २ मा ठूलाठूला फिल्म प्रा.लि.हरु रहेतापनि केन्द्रिकृत सोचका कारण ओझेलमा परेको बताउँदै मन्त्री साहले प्रदेश सरकारले प्रदेशको कला संस्कृती जगेर्नाकालागी फिल्म प्रा.लि.हरुमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । कृष्णा फिल्म प्रा.लि. का केन्द्रिय अध्यक्ष दिल कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कृष्णा फिल्मस् प्रा.लि.तथा कृष्णा म्यूजिकल ग्रुपमा आवद्ध रही कला संस्कृती संरक्षणमा योगदान दिने २ दर्जन कलाकारहरु सम्मानित भएका छन ।
सम्मानित कलाकारहरुलाई प्रमुख अतिथी मन्त्री साह, विशिष्ट अतिथी संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध प्रसाद सिंह यादव, केन्द्रिय सदस्य महेन्द्र प्रसाद चौधरी, जिल्ला अध्यक्ष दिनेश कुमार यादव र थारु कल्याणकारिणी सभा सप्तरीका अध्यक्ष अरुण कुमार चौधरीले प्रमाणपत्र प्रदान गरे । संघीय समाजवादी फोरम नेपाल सप्तरीका उपाध्यक्ष कन्तलाल चौधरीद्धारा सञ्चालित कार्यक्रममा स्वागत कृष्णा फिल्मस् प्रा.लि.का केन्द्रिय उपाध्यक्ष चन्द्रकिशोर चौधरीले गरे ।
कार्यक्रममा फिल्मस् प्रा.लि.का कलाकार तथा राष्ट्रिय स्तरका चर्चित रङ्गकर्मीहरुद्वारा गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । वार्षिक उत्सवमा विभिन्न पार्टीका केन्द्रिय तथा जिल्ला नेता, विभिन्न संघ संस्थाका र फिल्मका केन्द्रिय तथा जिल्ला अभिनेता एवम् पदाधिकारीरुको उपस्थिती रहेको थियो ।