• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

बोदेवर्साइन नपामा सिर्जना फाइनान्सको शाखा

बोदेवर्साइन नपामा सिर्जना फाइनान्सको शाखा

राजविराज, ७ भदौ । सिर्जना फाईनान्स लिमिटेडले सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिकामा विहीबारदेखि शाखा सञ्चालनमा ल्याएको छ ।
बोदेबर्साइन नगर प्रमुख आतेश कुमार सिंह यादवले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरेका हुन् । नगर प्रमुख सिंहले सप्तरी जिल्लाको पुरानो व्यापारीक केन्द्र बोदेबर्साइनमा सिर्जना फाईनान्सले एटिएम सेवा सहित बैकिंग सेवा ल्याएकोमा खुशी व्यक्त गरेका छन् ।
बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले शाखा सिर्जना फाईनान्स बोदेबर्साइनमा आएकाले अब बैकिंग कारोबारमा सहजता हुने र गाउँपालिकालाई काम गर्न सहज हुने भनि सिर्जना फाईनान्सको सफलताको शुभ–कामना दिए । राजनीतिकर्मी तथा समाजसेवी अनिरुद्ध प्रसाद सिहले सिर्जना फाईनान्सले ग्रामीण भेगमा शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बोदेबरसाईन लगायत यस क्षेत्रका जनताले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सञ्चालक सुवास आचार्य, कार्यकारी प्रमुख भवानीशंकर चापागाञी, नायब कार्यकारी प्रमुख प्रभाकर देबकोटा, राजकुमार यादब लगायत सिर्जनाकर्मीहरुको उपस्थिति थियो । सञ्चालक राजिव कुमार मिश्रले स्वागत मन्तव्य व्यक्त गरे ।
सप्तरी जिल्लाको साबिक मौवाहा बेल्ही, देउरी, काचन, मानराजा, रौतहट, मल्हनीयाँ, पटेर्वा, सारसर, नेगडा, बनौली, सिस्वाबेल्ही, फुल्काही, खडगपुर लगायतको गाँउहरु समायोजन भई नयाँ संरचनामा बलानबिहुल गाउँपालिका र बोदेबरसाईन नगरपालिका भएको छ । सिर्जना फाईनान्स लिमिटेडको बोदेबर्साइन शाखाबाट यी दुबै ग्रामीण भेगका जनता लाभान्वित हुनेछन् ।