• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

नायिका डोली सरकारले डोम बालबालिकासँग मनाईन जन्मदिन

नायिका डोली सरकारले डोम बालबालिकासँग मनाईन जन्मदिन

राजविराज, ५ भदौ । नेपाली, मैथिली तथा भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारले आफ्नो जन्मदिन राजगढ गाउँपालिका–४ स्थित डोम बस्तीमा मनाएकी छिन् । विगत पाँच वर्षदेखि उनले पृथक शैलीबाट जन्मदिन मनाउँदैआएकी उनले यसवर्ष मलेकपुरको डोम बस्तीका बालबालिकासँग जन्मदिन मनाएकी हुन् । विगतका वर्षहरुमा उनले बाल कल्याण गृहका बालबालिकाहरु रमाइलो गरेर जन्मदिन मनाउँदैआएकोमा त्यहाँका बालकहरुलाई प्रशासनले नजिकको अभिभावकको जिम्मेवारी लगाएका कारण डोम बस्ती पुगिन् ।
छब्बीस पुरा गरी २७औं वर्षमा प्रवेश गरेको अवसरमा उनले डोम बालबालिकालाई कापी, कलम, चाउचाउ लगायतका सामग्रीहरु उपलब्ध गराएकी छिन् । बालबालिकाहरुलाई नियमित स्कूल पठाउन त्यहाँका अभिभावकहरुसँग नायिका डोलीले आग्रह गरिन् ।
केही महिना अघि मात्र नायिका सरकारकी हजुरआमाको निधन भएकोले हिन्दू मान्यता अनुसार उनले यो वर्ष केक नकाटी जन्मदिन मनाएकी छिन् । उक्त अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार विद्यानन्द राम, गायिका अञ्जु यादव सहितका व्यक्तिहरुको समेत उपस्थिति थियो । नायिका डोलीको दाईजो एवम् महिला हिंसामा आधारित नेपाली फिल्म ‘भोर’ केही महिनामात्र रिलिज भएको थियो ।