औद्योगिक क्षेत्र अझैं डुबानमा, स्थानीय प्रतिनिधीद्वारा समेत बेवास्ता

औद्योगिक क्षेत्र अझैं डुबानमा, स्थानीय प्रतिनिधीद्वारा समेत बेवास्ता
Bwtech New Add With Software & Bull SMS

राजविराज, ३१ साउन । विगत चार–पाँच दिनदेखि गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानमा रहँदा पनि सम्वन्धित निकायले चासो नदेखाएको भन्दै उद्योग संघले गम्भीर आपत्ति जनाएको छ ।
संघले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै औद्योगिक क्षेत्र डुबानमा परेका कारण उद्योगहरुमा समेत क्षति पुगेको भन्दै अविलम्ब समस्या समाधानकालागी आग्रह गरिएको हो । ‘जिल्लाका स्थानीय तहका प्रतिनिधी, प्रदेश सभा सदस्यका साथै सरकारी निकायका प्रतिपनधीबाट समेत बारम्बार निरीक्षण र अनुगमन भए पनि हालसम्म पानीको निकासकालागि कुनै किसिमको पहल नभएको लज्जास्पद अवस्था हो’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘फेरी वर्षा भएमा उद्यागहरुमा झन ठूलो क्षति पुग्ने भएकोले अविलम्ब समस्या समाधानकालागी पहल गरिदिनुहुन ध्यानाकर्षण गराउन चाहन्छौ ।’

Online Saptari

About The Author

%d bloggers like this: