• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विपद व्यवस्थापनका लागि एकीकृत नीतिः मुख्यमन्त्री राउत

विपद व्यवस्थापनका लागि एकीकृत नीतिः मुख्यमन्त्री राउत

जनकपुरधाम, २८ साउन । मुख्यमन्त्री लालबाबु राउतले विपद व्यवस्थापनका लागि प्रदेश सरकार एकीकृत निति निर्माण गर्न लागेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी धनुषाले सोमवार आयोजना गरेको प्रदेशस्तरीय विपद प्रतिकार्य योजना विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मुख्य राउतले एकीकृत योजनाको अभावमा विपद व्यवस्थापन प्रभावकारी हुन नसकेको बताउँदै उनले भने ‘अहिले विपद व्यवस्थापनको क्षेत्रमा आ आफनै तरिकाले काम गरिरहेको निकायहरु नीति निर्माण पश्चात एकीकृत ढङ्गले अघि बढने र त्यसले विपद व्यवस्थापनको काम समेत प्रभावकारी हुने उनले बताए ।
विपद व्यवस्थापनको नाउँमा विगतमा आएका राहतहरु समेत प्रभावकारी बन्न नसकेको टिप्पणी गर्दै उनले भने ‘नियम कानूनलाई समेत व्यवहारमा ल्याउन नसक्नु सम्बन्धित निकायको ठूलो कमजोरी हो ।’ रेडक्रस धनुषाका सभापति राम नरेश सिंहको अध्यक्षतामा आयोजित गोष्ठिको उद्घाटन सत्रमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, पूर्व सभासद डा. विजय कुमार सिंह, जिल्ला समन्वय समितिका सभापति रामदेव बनरैत लगायतले मन्तव्य व्यक्त गरे ।