• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

जनताका गुनासा समाधान गर्न प्रतिवद्ध छौंः एसपी श्रेष्ठ

जनताका गुनासा समाधान गर्न प्रतिवद्ध छौंः एसपी श्रेष्ठ

राजविराज, २७ साउन । जिल्ला प्रहरी कार्यालय सप्तरीका नव आगन्तुक प्रहरी उपरीक्षक राजेन्द्र विष्टले आफुहरुबाट कार्यसम्पादनका क्रममा हुने कमीकमजोरीलाई औंल्याईदिन आग्रह गरेका छन् ।
सुनसरीको दङ्गा नियन्त्रण प्रहरी गणबाट चार दिन अघि मात्र सरुवा भई राजविराज आएका उनले आइतवार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् आफु २७ वर्षे प्रहरी सेवामा मिडियामैत्री रहँदै आएको चर्चा गर्दै प्रहरी उपरीक्षक बिष्टले भने ‘हामीबाट हुने कार्य सम्पादनको विषयमा पत्रकारहरुले सहीलाई सही र गलतलाई गलत भनी सम्प्रेषण गरिदिए हामीलाई राम्रा काममा प्रोत्साहन र त्रुटीपूर्ण कार्यमा सुध्रिने मौका मिल्नेछ ।’
जिल्लामा हुने गरेका आफुहरुको मातहतका गतिविधि लगायत विभिन्न सूचनाहरु जतिसक्दो चाँडो जनता समक्ष पुर्याउन पत्रकारहरुलाई उपलब्ध गराउने प्रतिवद्धता उनले व्यक्त गरे । प्रहरीभित्र रहेका कमीकमजोरीहरु पनि क्रमशः सुधार हुँदै भएको जानकारी दिँदै प्रहरी उपरीक्षक बिष्टले भने ‘जनताको गुनासाहरुलाई आफ्नो कार्यकालमा व्यवस्थापन गर्नेछु, यसमा सबैपक्षको सहयोगको आवश्यकता मैले महशुस गरेको छु ।’
देशमै सप्तरी वौद्धिक जिल्लाको रुपमा प्रसिद्धि पाएको चर्चा विगत केही समययता अनावश्यक जाहेरी तथा झुटा मुद्दाहरु गर्ने प्रवृती निक्कै चिन्ताको विषय रहेको उनको टिप्पणी थियो । परम्परागत एवम् रुढीवादी कुरामा विश्वास गर्नेहरुको जमात समेत ठूलै रहेकोले त्यसका कारण समेत कतिपय हिंसा एवम् मानवियतासँग जोडिएका अकल्पनीय घटनाहरु हुने गरेको एसपी श्रेष्ठले बताए ।
पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, उपाध्यक्षद्वय श्यामसुन्दर यादव, सुधा देव, सह सचिव चन्दन यादव, पूर्व उपाध्यक्ष गणेशलाल देव, विनयलाल कर्ण लगायतका पत्रकारहरुले सुझाव दिए । उक्त कार्यक्रममा जिल्ला तथा राष्ट्रिय सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।