• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गोइतले लिए बम विष्फोटको जिम्मा

राजविराज, २७ साउन । प्रदेश नम्वर १ को राजधानी मोरङ्ग स्थित बिराटनगर महानगरपालिकाको कार्यालयमा भएको बम विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ ।
मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले आइतवार प्रेस विज्ञप्ति जारी उक्त बम विष्फोटको जिम्मा लिएका हुन् । आइतवार दिउँसो आफुहरुले बिराटनगरमा प्रेसर कुकर बम विष्फोट गराएको प्रेस विज्ञप्तिमा जनाईएको छ । विराटनगर महानगरपालिका स्थित महानगरका मेयर भिम पराजुलीको कार्यकक्ष अगाडि बम विष्फोट भएको थियो ।
यता मोरङ प्रहरी प्रहरी उपरीक्षक मनोज केसीले विष्फोटको घटनापछि सिसिटिभि फुटेजका आधारमा ६–७ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । विष्फोटबाट कार्यालयको भवनको झ्याल र पर्खालमा क्षति पुगेको छ । मेयर पराजुली चढ्ने गाडिको सिसा फुटेको जनाईएको छ ।