• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नाटकीय शैलीले झुठा मुद्दा दिने प्रवृति बढेको छः मुख्य न्यायाधीश

नाटकीय शैलीले झुठा मुद्दा दिने प्रवृति बढेको छः मुख्य न्यायाधीश

राजविराज, २६ साउन । सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कुनै पनि घटनामा परि पीडित भएकाहरुलाई सुरक्षाको प्रत्याभुति गराउन र न्याय दिलाउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।
सदरमुकाम राजविराजमा शनिवार आयोजित ‘सुरक्षा तथा न्याय क्षेत्रका सरोकारवाला र पत्रकारबीच संवाद कार्यक्रम’ मा उनले सहभागीहरुको जिज्ञासा सम्वोधन गर्दै यस्तो बताएका हुन् । ‘विभिन्न खाले अपराधिक घटनाका दृष्टिकोणले सप्तरी जिल्ला ज्यादै नै संवेदनशिल छ’ उनले भने–‘यद्यपी, घटनाबाट पीडित भएकाहरुलाई न्यायको प्रत्याभुति गराउन र सुरक्षा दिन आफुहरु हरक्षण तयार छौं ।’
प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा पछिल्ला समय देखिएको हत्या, हिंसा, वलात्कार, वलात्कारको प्रयास, बोक्सीको आरोपमा कुटपिट, जातिय विभेद, लागुऔषध प्रयोग र कारोवारी लगायका घटनामा संलग्न अपराधिहरुलाई कारवाहीको घेरामा ल्याउन आफुहरु तत्परताका साथ कार्य गरिरहेको बताए ।
उनले खास गरी जघंन्य अपराधका घटनामा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन कुनै पनि सम्झौता नगर्न÷नगराउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन समेत दिए । कार्यक्रममा अदालतको फैसला प्रक्रिया लामो र जटिल रहेको सहभागीबाट उठेको जिज्ञासामा सप्तरी जिल्ला अदालतका मुख्य न्यायधिस हरिशचन्द्र ढुङ्गानाले जिल्लामा नाटकीय शैलीले झुठा मुद्दा दिने प्रवृति बढेको बताए । ‘कतिपय चेलीहरु केटासँग मन मिलानी गरेरै वुवाआमाको पहुँचभन्दा बाहिर गएकी हुन्छिन्’ उनले भने–‘तर वुवाआमा चाँही अपहरण, वलात्कार जस्ता मुद्दा दायर गरेर अदालतमा प्रस्तुत हुनेगरेको देखिन्छ ।’
यस्ता मुद्दाहरु प्रक्रियामै रहेकै वेला दुवैजनाको परिवार मिलेर सहमतिमै विवाह गराएदिएको पनि कतिपय मुद्दा समधान भएको देखिन्छ–उनले भने । यी घटनाहरुकै कारणले अदालतलाई पनि विचार गरेर फैसला दिनुपर्ने अवस्था रहेकोले सहि र निष्पक्ष फैसला गर्न समय लाग्ने गरेको मुख्य न्यायधिस ढुगानाले बताए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतातामा भएको कार्यक्रममा सप्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भावेश रिमाल, राजविराज नगरपालिकाकी उप मेयर साधना झा, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नागरिक समाजका थानसिंह भन्साली, महासंघ शाखा सप्तरीकी उपाध्यक्ष सुधा देव र सल्लाकार श्रवण देव, महिला अधिकारकर्मी करुणा झा लगायतका सरोकारवालाहरुको सहभागीता थियो ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीकै आयोजना तथा सर्च फर कमन ग्राउण्डको सहयोगको भएको संवाद कार्यक्रममा सहजीकरण शाखा सप्तरीकै उपाध्यक्ष श्यामसुन्दर यादव तथा कार्यक्रमको सञ्चालन सचिव जितेन्द्रकुमार झाले गरेका थिए ।