• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संघीयता मजबुत बनाउन सशक्त पत्रकारिताः सांसद चौधरी

संघीयता मजबुत बनाउन सशक्त पत्रकारिताः सांसद चौधरी

राजविराज, २६ साउन । सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधीसभा सांसद चन्द्रकान्त चौधरीले संघीयतालाई मजबुत बनाउन पत्रकारिता समेत मजबुत हुनुपर्ने बताएका छन् ।
मधेशी पत्रकार समाज सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित नागरिक पत्रकारिता कार्यशालाको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । परिवर्तन ल्याउन पत्रकारले खेलेको भूमिका सराहनीय रहेको भन्दै संघियतालाई मजबुत बनाउन पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनुपर्नेमा जोड दिए ।
प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पत्रकारहरुको पेशागत सुनिश्चितता हुनुपर्नेमा जोड दिए । कार्यक्रममा वरिष्ठ पत्रकार शिबहरी भट्टराईले आफूहरुले पत्रकारिता शुरु गर्दा धेरै समस्या खेप्नुपरेको बताउँदै अहिलेको आइटी युगमा त्यस्तो किसिमका धेरै समस्या न्यूनिकरण भएको बताए ।
संघीयता आएपछि नागरिकमुखी पत्रकारिता बनाउनुपर्ने उद्देश्यले समाजले कार्यशालाको आयोजना गरेको हो । कार्यशालामा श्रवणकुमार देव र बिनय कर्णले सहजिकरण गरे ।