सप्तरी युथद्वारा केक काटेर खुशीयाली

सप्तरी युथद्वारा केक काटेर खुशीयाली
Bwtech New Add With Software & Bull SMS

राजविराज, २६ साउन । सप्तरी युथ नेपाललले जारी राखेको सरसफाई अभियान सय हप्ता पूरा गरेको अवसरमा शनिवार केक काटेर खुशीयाली मनाईएको छ ।
उक्त अवसरमा चेतनामूलक र्याली प्रदर्शन गर्नुका साथै केक काटेर खुशीयाली मनाइएको हो । सप्तरी युथ नेपालको कार्यालय अगाडिबाट निकालिएको चेतनामूलक र्याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगेर समापन गरिएको थियो ।
र्याली समापन लगतै युवाहरुले सय हप्ताको सरसफाई जनआन्दोलन चोकमै गरेका छन् । सरसफाई पश्चात सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देव र उपाध्यक्ष मोहन कुमार यादवले केक काटेर खुशीयाली मनाए ।
उनीहरुले युवाहरु सय हप्तासम्म सरसफाई गरे पनि नगरवासीले सरसफाईमा कुनै तदारुकता नदेखाएको भन्दै दुःख व्यक्त गरे । उनीहरुले अब पनि सरसफाईतिर जागरुक नभए सरसफाईमा सप्तरी पछाडि पर्ने बताए ।
सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा भन्ने नाराका साथ सप्तरी युथ नेपालले शुरुमा ५० हप्ते सरसफाईको घोषणा गरेको थियो । सरसफाईमा स्थानीयहरुले ध्यान नदिएको भन्दै युवाहरुले थप चेतना जगाउने उद्देश्यले सरसफाईलाई निरन्तरता दिदैं आएको छ ।

Online Saptari

About The Author

%d bloggers like this: