मैथिली म्युजिक भिडियोमा डा. अशोक आर्यनको ईन्ट्री (भिडियो हेर्नुहोस्)

मैथिली म्युजिक भिडियोमा डा. अशोक आर्यनको ईन्ट्री (भिडियो हेर्नुहोस्)
Bwtech New Add With Software & Bull SMS

राजविराज, २४ साउन । नेपाली र हिन्दी म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेर कम समयमा चर्चा पाएका डा. अशोक आर्यन यादव पछिल्लो पटक मैथिली म्युजिक भिडियोमा ईन्ट्री गरेका छन् ।
चन्द्रमुखी एल्बमको ‘अहाँ चन्द्रमुखी छी’ बोलको गीतबाट मैथिली म्युजिक भिडियोबाट उनले ईन्ट्री गरेका हुन् । ‘जिन्दगी शनिवार’ युट्युब च्यानलबाट सार्वजनिक शुक्रवार सार्वजनिक गरिएको छ ।
सुमित्रा देवीको प्रस्तुती ‘चन्द्रमुखी’ ए रस प्रोडक्सनले निक्कै मेहनतका साथ बनाइएको छ । चन्द्रमुखी गीतको भिडियोमा अशोक आर्यन र प्रियंका झाको बेजोड अभिनय रहेको छ । डा.देवकृष्ण विश्वास र अञ्जु यादवको सुमधुर स्वर रहेको उक्त गीतको शब्द रचना सरोज मण्डल तथा सङ्गीत देवकृष्ण विश्वासको रहेको छ ।
रणधीर श्रेष्ठद्वारा निर्देशित म्युजिक भिडियोको छायांकन अचित श्रेष्ठ र सम्पादन रणधीर श्रेष्ठद्वारा तथा पोष्ट प्रोडक्सन म्यानेजरमा आसुतोश तथा कोरियोग्राफरमा प्रमोद महतो रहेका छन् । उक्त गीतमा चितवनको धेरै राम्रो ठाउँहरुमा गरिएको छ ।
एक पछि अर्को गरी मैथिली गीत तथा म्युजिक भिडियोहरु निर्माण भईरहेको अवस्थामा मैथिली क्षेत्रमा समेत पृथक पहिचान बनाउने उद्देश्यका साथ डा. आर्यन इन्ट्री गरेका छन् । उनले यस अघि सानी नानी’म्युजिक भिडियो ‘तेरे मेरे दर्मियान’, ‘एक मिशाल’, ‘कान्छी आउ न’, ‘रङ्ग खेलब अहाँ सङ्ग’ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
सङ्गीत, शब्द रचना, गायन, क्यामरा, अभिनय, निर्देशन, लोकेशन, भेषभुषा समेतलाई ध्यानमा राखी निर्माण भएको यो भिडियोले दर्शकहरुको मन जितेर छुट्टै पहिचान बनाउनेमा आफु विश्वस्त रहेको डा. यादवले बताए । मैथिली म्युजिक भिडियोमा औपचारिक रुपमा आफ्नो पहिलो म्युजिक भिडियो भएको जानकारी दिँदै उनले भने ‘यो भिडियो हेरेर मैथिलीप्रेमी दर्शकहरुले छुट्टै अनुभूति गर्नेमा म विश्वस्त छु ।’

(भिडियो हेर्नुहोस्)

Online Saptari
Online Saptari

About The Author