• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधुश्रावणीको अवसरमा लोक गीत प्रतियोगिता

राजविराज, २५ साउन । मधुश्रावणीको अवसरमा मैथिली महिला परिषदद्वारा शुक्रबार मैथिली परिषदको भवनमा लोक गीत प्रतियोगिताको आयोजना गरियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय क्रमश माया देवी देव, विद्या झा, सुनैना झा भएका छन भने सान्त्वना पुरस्कार रमिला साहले प्राप्त गरिन् । तराई मधेशका मधेसी समुदायका सिमित जातजातिका नवविवाहिता महिलाहरूले मैना नागपञ्चमीदेखि विधि बिधानले मधुश्रावणी व्रत शुरू गरी तृतीयाका दिन सम्पन्न गर्ने चलन रहेको छ ।
प्रतियोगितामा १२ जना महिलाहरूले भाग लिएका थिए । सहभागि महिलाहरूले विभिन्न देवी देवताको लोकलय झल्काउने गीत प्रस्तुत गरिन् । कार्यक्रममा प्रथम स्थान प्राप्त गरेकी माया देवी देवलाई कार्यक्रमका प्रमुख अतिथि सय बर्षिया महामाया झाले पुस्कार प्रदान गरिन् ।
कार्यक्रममा विशिष्ठ अतिथिद्वय मैथिली साहित्य परिषद सप्तरीका अध्यक्ष अशोक झा, नेपाल पत्रकार महांघका उपाध्यक्ष सुधा देव, कोषाध्यक्ष शुभचन्द्र झा, ब्रतालु विनिता झा, पत्रकार हेमशंकर सिंह, पूर्व शिक्षिका मञ्जु श्रेष्ठ, साहित्यकार करूणा झा, बन्दना झा, रिता देव लगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि एवं ज्येष्ठ नागरिक झालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । मैथिली महिला परिषद्का अध्यक्ष शान्ति झाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पिंकी झाले गरिन् ।र प्रदान गरे ।