सप्तकोसी नगरपालिकामा सार्वजनिक सुनुवाई

विकास निर्माण र लक्षितवर्गको कार्यक्रमबारे व्यापक प्रश्न
सप्तकोसी नगरपालिकामा सार्वजनिक सुनुवाई
Bwtech New Add With Software & Bull SMS

राजविराज, २५ साउन । सप्तकोसी नगरपालिकाद्वारा शुक्रवार फत्तेपुरमा आर्थिक वर्ष २०७४÷०७५ मा भएका विकासिय गतिविधिको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरियो ।
स्थानीय भगवती मन्दिरको हलमा सम्पन्न कार्यक्रममा सहभागीहरुबाट आएका प्रश्नको जवाफ कार्यकारी अधिकृत राजकुमार चौलागाई, सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम गौतम ,उपमेयर आशा चौधरी, विषयगत समितिका संयोजक तथा शाखा प्रमुखहरुले दिए । कार्यक्रममा सहभागीहरुले विकास निर्माण, लक्षितवर्गको कार्यक्रम, न्याय समितिको क्रियाकलाप लगायतको विषयमा जिज्ञासा राखेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा संघ–सस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनीधि, कार्यपालिकाका सदस्यहरु तथा वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । नगर प्रमुख उत्तम कुमार शर्माको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिव आचार्यले गरे ।

Online Saptari

About The Author

%d bloggers like this: