अधिकारका लागि आन्दोलन गर्नुको विकल्प छैनः सांसद चौधरी

अधिकारका लागि आन्दोलन गर्नुको विकल्प छैनः सांसद चौधरी
Bwtech New Add With Software & Bull SMS

विरेन्द्र बजार, २४ साउन । सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ का सांसद चन्द्रकान्त चौधरीले आदिवासी जनजाति लगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताको लागि आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् ।
२४ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ सप्तरीद्वारा विहीवार सप्तरीको कठौनामा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् । आदिवासी जनजातिमाथि सरकारले भेदभाव गरेको आरोप लगाउँदै प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य चौधरीले आदिवासी जनजाति भएकै कारण प्रतिनिधि सभा सदस्य रेशम चौधरी र प्रदेश सदस्य दिपक मनाङ्गेले जेलमा बस्नुपरेको उल्लेख गरे ।
वर्तमान संघीय सरकार आदिवासी जनजाति सहित उत्पीडित समुदायको मुद्दाप्रति पुर्वाग्रही रहेको चर्चा गर्दै उनले अधिकार प्राप्तिको लागी आन्दोलन गर्नुको विकल्प नरहेको बताए । सरकार आदिवासी जनजातिको अधिकार र पहिचान विरोधी रहेको उनले टिप्पणी गरे । संघीय समाजवादी फोरम नेपालका केन्द्रप्य सदस्य विनोद चौधरीले मुलुकमा शासन व्यवस्था फेरिए पनि आदिवासी जनजातिको अवस्था नफेरिएको बताए ।
राज्यको आदिवासी जनजाति विरोधी नितीका कारण आदिवासी जनजाति समुदायको अवस्थामा परिवर्तन आउन नसकेको बताए । नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरीले स्थानीय सरकार समेत आदिवासीको मुद्दा खोस्ने मनस्थितिमा रहेकोले सबै उत्पीडित समुदाय गोलवद्ध हुनुपर्नेमा जोड दिए ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा आदिवासी जनजाति जिल्ला समवन्य समितीका उपाध्यक्ष महेश प्रसाद चौधरी, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङ्ग, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य भिम बहादुर तामाङ, थारु कल्याणकारिणी सभाका पुर्व केन्द्रिय सदस्य कन्तलाल चौधरी, नेपाल मगर संघका पुर्व केन्द्रीय सदस्य विष्णु थापा मगर, आदिवासी जनजाति महासंघका पुर्व उपाध्यक्ष खड्ग वहादुर तामाङ लगायतकाले मन्तव्य व्यक्त गरे ।
यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारु, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोले, आदिवासी जनजाति यूवा महासंघ सप्तरीका उपाध्यक्ष सुर्यमान तामाङ, थारु महिला सभाका केन्द्रीय सदस्य लक्ष्मी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ राजविराजका अध्यक्ष अनार कुमारी चौधरी, रुपनी गाउपालिका अध्यक्ष भुपेन्द्र सिंह थापा मगर , अधिवक्ता देव नारायण चौधरी, सिया प्यारे शरण चौधरी लगायतकाले समेत मन्तव्य व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति महासंघ शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष शिवनारायण चौधरीले गरे । कार्यक्रममा अध्यक्ष तामाङले आदिवासी जनजाति आन्दोलनको समिक्षात्मक र संघीय शासन व्यवस्थामा आदिवासी जनजातिको अधिकारबारे कार्यपत्र प्रस्तुत गरे ।

Online Saptari

About The Author

%d bloggers like this: