मलेठ घटनाको प्रतिवेदन अविलम्ब सच्याउन माग

मलेठ घटनाको प्रतिवेदन अविलम्ब सच्याउन माग
Bwtech New Add With Software & Bull SMS

रूपनी, ५ साउन । मलेठ घटनाको प्रतिवेदन व्यापक त्रृटीपुर्ण रहेको भन्दै युवा विद्यार्थीद्वारा विरोध जनाउँदै अविलम्व सच्याउन जोडदार माँग गरेको छ ।
शनिवार रूपनीमा आयोजित युवा विद्यार्थीले गरेको बृहत् बैठकमा मलेठ घटनाको पुर्वाग्रही तरिकाले तयार पारेको प्रतिवेदन त्रृटी रहेकोले सत्यतथ्य छानबिन गरि सरकारलाई निष्पक्ष प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ । भेलामा राजपा केन्द्रीय महासचिव तथा प्रदेश सांसद मनिष कुमार सुमनले मलेठ घटनाको प्रतिवेदनमाअत्याधिक पुर्वाग्राही, एकपक्षिय र मधेश विरोधी रहेको आरोप लगाएका छन ।
उनले भने आयोगले त्रृटीपुर्ण प्रतिवेदनमा दोषी प्रहरी प्रशासनलाई बचाउने काम गरेकोले प्रतिवेदन नसच्याए आन्दोलनको बिकल्प नरहेको बताए ।
यसैगरी राजपा केन्द्रीय सहासचिव गजेन्द्र मण्डलले आयोगको प्रतिवेदन पुर्वाग्राही तरिकाले तयार पारेको आरोप लगाउदै प्रतिवेदन खारेजको माँग गरेको छ । केन्द्रीय सदस्य दिनेश यादबले मलेठ घटनामा गोली चलाउने प्रहरीलाई कार्यवाही गरि घटनाको सत्यतथ्य छानविनको लागि उच्चस्तरिय आयोग गठन गरि निष्पक्ष, सत्यतथ्य छानविन गर्न सरकारसँग माँग गरेको छ ।
सो भेलावाट मलेठ घटनाको सम्बन्ध आयोगद्वारा सार्वजनिक गरेको त्रृटीपूर्ण प्रतिवेदनको विरोध र सरकारद्वारा बढाएको कर सम्बन्धमा भब्य भेला गरि आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने युवा नेता शम्भु कुमार यादवले बताए । रूपनी गाँउपालिकाका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित भेलामा जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव, राजपा केन्द्रीय सदस्य बिश्वनाथ यादव, पुनम यादव, हरेकृष्ण भगत, राजपा सप्तरी संयोजक सुनिल झा, रूपनी गाउँपालिका वडा १ का अध्यक्ष पिताम्वर यादव, युवा नेता बिनोद यादव, प्रेस मंच केन्द्रीय सचिव चन्दनकुमार यादव, राजपा युवा विद्यार्थी अध्यक्ष शम्भु यादव, युवा नेता बिनोद मण्डल, रामनाथ यादबले त्रृटीपुर्ण प्रतिवेदन सच्याएर सार्वजनिक गर्न आयोगसँग माँग गरेका छन् ।

Online Saptari

About The Author

%d bloggers like this: