• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको कार्यक्रममा उपाध्यक्षको असहमति

अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको कार्यक्रममा उपाध्यक्षको असहमति

वृजमान तामाङ  विरेन्द्र वजार, ४ साउन । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको दोश्रो गाउँसभाद्वारा अर्थिक वर्ष २०७५÷०७६ का लागी प्रस्तुत निती तथा कार्यक्रम प्रति गाउँपालिका उपाध्यक्ष सहित वडा अध्यक्षले असहमती जनाएको छ । स्थानिय तह संचालन ऐन २०७४ को खिल्ली उडाएर विधी प्रक्रियालाई मिचेर नीती तथा कार्यक्रम ल्याएको भन्दै उनीहरुले असहमती जनाएका हुन । ऐनले दिएको अधिकार वाट आफूलाई वन्चित गराएकोले न्यायको लागी आफूले नीती तथा कार्यक्रम प्रति असहमती जनाएको गाउँपालिका उपाध्यक्ष मिना चौधरीले वताईन । गाउँपालिकामा सुशासन कायम गर्ने अभियानका साथ अवैधानिक वाटोवाट ल्याईएको कार्यक्रमलाई वहिष्कार गरेको उनले वताईन् । स्थानिय तह सञ्चालन ऐनमा व्यवस्था भए वमोजिम उपाध्यक्षको संयोजत्वमा गठित योजना तर्जुमा समितिको वैठकद्वारा छनौट नीति तथा कार्यक्रमलाई कार्यकारी समितिले सुझाव सहित अनुमोदन गरेपछि गाउँ सभाले पारित गर्नुपर्ने हुदा हुदै कुनै पनि प्रक्रिया पुरा नगरेको उपाध्यक्ष चौधरीले आरोप लगाईन् ।
यसैगरी वडा नम्वर ६ का वडा अध्यक्ष कुसुम आर्चायले समेत अवैधानिक तरीकाद्धारा कार्यक्रम ल्याएको भन्दै विरोध जनाएकी छिन् । गाउँपालिकामा हुने अनियमितता र झाँगिर्दै गएको वेतिथीलाई अन्त्य गरी गाउँपालिकाको विकास र समृद्धी कायम गर्न प्रक्रिया संगत कार्यक्रम आउनुपर्ने उनले वताईन् । गाउँ पालिका अध्यक्ष पर्शुराम चौधरी, प्रमुख प्रशासकिय अधिकृत राजिव कुमार झा, ४ नम्वरका वडा अध्यक्ष तेज नारायण यादवको त्रिपक्षिय सहमती पत्रलाई गाउँपालिकाको नीति वनाएर अनुमोदन गराउने षड्यन्त्रको विरोध गरेको उनीहरुले बताएका छन् ।
यसैविच आफूहरुलाई सुचनाको हक नदिएको भन्दै उपाध्यक्ष चौधरी र वडा अध्यक्ष आचर्यले सुचना माँग गर्दै गाउँपालिकामा शुक्रवार निवेदन दर्ता गराएका छन् । आफूहरुमाथि सौतेलो व्यवहार गरी सुचानावाट वञ्चित गरेकोले लिखित निवेदन दर्ता गरी सुचना माँग गर्नु परेको उनीहरुले वताईन् । गाउँपालिकामा निती नियम भन्दा ब्यक्ति हावी भएको र गाउँपालिकामा भष्ट्राचारले जरो गाडेको विरोधमा यस अघिदेखि नेकपाका कार्यकर्ताले समेत विभिन्न संर्घषका कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् ।
सुचना दिन आलटाल गरेको भन्दै वडा उपाध्यक्ष र वडा अध्यक्ष सहित संर्घष समितीका संयोजक वेचन प्रसाद चौधरीको नेतृत्वमा नेकपा, सङ्घीय समाजवादी फोरम नेपाल सहितका विभिन्न पार्टी आवद्ध नेताकार्यकर्ताले गाउँपालिकाका कामकाजमा अवरोध समेत पु¥याएका थिए । उनीहरुले गाउँपालिका अध्यक्ष र प्रमुख प्रसासकिय अधिकृत सहित केही ब्यक्तिद्वारा ऐन, कानूनलाई वन्दी बनाउन खोजिएकोले संर्घष गर्नुपरेको वताउँदै गैर कानूनी रुपले गरेका क्रियाकलाप नसच्याए कडा अन्दोलन गर्ने चेतावनी समेत दिए ।
गाउँपालिका अध्यक्ष चौधरीले सवै प्रक्रिया पुरा गरेर असार ३२ गते गाउँ सभाद्वारा नीति तथा कार्यक्रम पारित गरेको दावी गरे । उनले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न केही व्यक्तिहरुले असहमती जनाएको प्रतिक्रिया दिए । प्रमुख प्रशासकिय अधिकृत झाले आफूमाथि लगाएका आरोप निराधार रहेको बताए । कसैले आवश्यक ठानेर गाउँपालिकाका गतिविधीबारे जानकारी माग्न आए सरल प्रक्रियाद्वारा सूचना प्रदान गर्दै आएको दावी गरे ।