मलेठ घटना बारे सार्वजनिक भएको प्रतिवेदन विरुद्ध राजपा आन्दोलित

मलेठ घटना बारे सार्वजनिक भएको प्रतिवेदन विरुद्ध राजपा आन्दोलित
Bwtech New Add With Software & Bull SMS

राजविराज, ४ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठ घटना बारे सार्वजनिक गरेको प्रतिवेदन विरुद्ध आन्दोलन सुरु थालेका छन् । पूर्वाग्रही तवरले तयार पारिएको प्रतिवेदन खारेजीको माग गर्दै उनीहरुले शुक्रवार राजविराज–रुपनी सडक खण्ड अन्तर्गत मलेठमा धर्ना बसेर एक घण्टा चक्काजाम गरेका हुन् ।
सुरक्षाकर्मीले बल प्रयोग गरेर घटाएको घटना बारे छर्लङ्ग रहदा पनि आयोगले पूर्वाग्रही तवरले तयार पारेको प्रतिवेदन खारेजी नभएसम्म आन्दोलन नरोकिने राजपाका महासचिव मनिष सुमनले चेतावनी दिएका छन् ।
उनले घटना घटाएका तत्कालिन सुरक्षाकर्मीलाई कारवाही र घटनालाई सत्यतथ्य उजागर गर्नुपर्नेमा माग गरे । २०७३ साल फागुन २३ गते भएको मलेठ घटनामा प्रहरीले चलाएको गोली लागेर आनन्द साह, पिताम्वर मण्डल, विरेन्द्र महतो, ईनर यादव र संजन मेहता गरी पाँच जनाको मृत्यु भएको थियो । सो आन्दोलनमा दर्जनौं व्यक्ति घाइते भएका थिए ।
प्रदर्शनकारीले राजनीतिकरहित उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेपछि सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा एक उच्च स्तरीय छानबिन आयोग गठन गरेको थियो । छानवीन आयोगले तयार पारेको प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेपछि आन्दोलन चर्किएको हो ।
आन्दोलनका कार्यक्रम अनुसार शुक्रवारै दिउँसो सदरमुकाम राजविराजमा आयोगले तयार पारेको प्रतिवेदन जलाएर विरोध गर्ने राजपाका सह–महासचिव गजेन्द्र मण्डलले जानकारी दिए ।

Online Saptari
Online Saptari

About The Author