• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सहकारीद्वारा सुपथ मूल्यको पसल सञ्चालन

राजविराज, २ साउन । सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बजारमा सहकारी संस्थाले सहकारी पसल सञ्चालन गरेको छ ।
सर्वसाधारणलाई सुपथ र सुल्भ मुल्यमा दैनिक उपभोग्य लगायतका समान उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको उक्त सहकारी पसलको एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाकी उपप्रमुख कविता कुमारी सरदारले उद्घाटन गरेकी छिन् ।
कर्मयोगी कृषि सहकारी संस्था लिमिटेड शाखा कार्यालय खडक नगरपालिकाले सञ्चालन गरेको सो सहकारी पसलबाट हालका लागि दैनिक उपभोग्य समान मात्रै बिक्री गर्ने निकट भबिष्यमा निर्माण समानहरु समेत बिक्री गर्ने योजना कर्मयोगी सहकारी संस्थाका शाखा सचिव रामानन्द विश्वकर्माले जानकारी दिए ।
सहकारी पसलकै माध्यमबाट सर्वसाधारणहरुलाई सहकारी संस्थाको सदस्यता समेत बढाईने लक्ष्य रहेको उनले बताए । व्यापारीहरुले बजारमा तिब्र मुल्य बृद्धि गरि समानहरु बिक्री गर्दै आएका कारण पीडित बनेका सर्वसाधारणहरुलाई केही राहत होस भन्ने सोचका साथ सहकारी पसल सञ्चालन गरिएको कर्मयोगी सहकारी संस्थाका शाखा सल्लाहकार प्रथमलाल रामले जानकारी दिए ।