Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

उपेक्षाको मार खेप्दै देहातका मठ मन्दिर

उपेक्षाको मार खेप्दै देहातका मठ मन्दिर

कमल मण्डल/राजविराज, ३२ असार । देशमा राजनीतिक परिवर्तनहरु भएपनि सप्तरीको विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा धार्मिक स्थल तथा मन्दिरहरु उपेक्षाको मार खेप्दै आएको छ ।
राजविराज नगरपालिका वडा नम्वर १३ विषहरियामा अवस्थित महादेव मन्दिरको उचित संरक्षण सम्बद्र्धन हुन सकेको छैन् । वर्तमानका समयमा जननिर्वाचित प्रतिनिधिहरु आएपनि परिवर्तन भएको छैन । पच्चासी वर्ष अगाडि विषहरियाकै महाविरलाल देव नामका एक व्यक्तिले यो मन्दिर निर्माण गरिएको हो । उक्त मन्दिरमा एउटा बसहा र पाँच मुख भएको महादेवको मूर्ति स्थापना गरेका थिए । आफ्नै २२ विग्हा जग्गामा निर्माण गरेको हो । मन्दिरको प्राड्डणमा रामजानकी मन्दिर, गाउँका डिहबारको मन्दिर, इनार र एउटा पोखरी समेत रहेको छ । इनारको पानी खादा गलगाँड रोग निको हुने जनविश्वास रहेको थियो । इनारमा अहिले माटो पुरिसकेको छ ।
मन्दिरको स्थायी पुजारीको रुपमा काठमांडौका ज्ञानी दास नामका एक पुजारी रहेका थिए । उनी १० वर्षकै उमेरमा यहाँ आएका थिए भने, ६५ वर्षको उमेरमा शारीरिक अवस्था कमजोर भएकोले दास केहीदिन अघि आफ्नो घर फर्कियो । मन्दिरमा रहेको बसहा चोरीएको १३ वर्षपछि मन्दिरमै भेटिएको थियो । यस प्रकारको महादेव थोरै ठाउँमा भेटिन सक्ने स्थानियहरुको भनाई छ । मन्दिरमा केही दिन पहिले महाशिवरात्री, अनन्तचतुर्थदशी, रामनवमी लगायतका पर्वहरुमा भव्य पूजा गरिन्थ्यो, तर अहिलेको अवस्था न्यून भइरहेको स्थानीय बुढापाकाहरुले बताउछन् ।
त्यस्तै सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँमा रेहेको सिद्धि दात्री भगवती मन्दिरपनि उपेक्षाको मार खेप्दै आएको छ । लौनियाँस्थित ‘चालिस घर’ नामको टोलमा मन्दिरको स्थापना वि.सं. २०५९ सालमा भएको हो । स्थापनाकालदेखि नै भगवतीको आशिषले गाउँ टोलको उन्नति भएकोसँगै भक्तजनहरुको मनोकामना पुरा हुने स्थानियहरुको भनाई छ ।
२२ वर्ष बितिसक्दा पनि मन्दिरको संरचना फेरिएको छैन् । हिन्दु धर्मालवम्बीहरुको महान पर्व दशैं तथा अन्य पर्वहरुमा धुमधामसँगै पुजा अर्चना गर्नुका साथै प्रसादको रुपमा लड्डु, पान, सुपारी, खीर, पुरी आदि चढाइने गरिन्छ । सिद्धि दात्री ज्ञानकुप इ. बो. स्कुल, सिद्धि दात्री कृषक समुह, सिद्धि दात्री यूवा मटकि फोर समुह, सिद्धि दात्री बाल कल्व लगायत अनेको संघ संस्थाहरु नामबाट राखिएको छ । यद्यपी यसको समुचित संरक्षण सम्बद्र्धनमा ध्यान दिन सकिएको छैन् ।
भगवतीको महिमा अपार रहेको स्थानिय पुजारी हरिनारायण मण्डल लगायत स्थानियवासिहरुले बताउछन् । मन्दिर निर्माण गरिदिने आशामा पटक–पटक मन्दिरको नाममा भोट दिएपनि मन्दिरको अवस्था उस्तै देखिएको स्थानियवासीहरुको भनाई छ । पर्यटकिय स्थलको रुपमा विकास गरिए स्थानिय तह मात्र नभई जिल्ला तथा प्रदेशको विकासमा मद्दत हुन सक्ने स्थानीय युवा बैदान्नद कुमार मण्डलले बताए ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।