सप्तरीमा आगामी आर्थिक वर्षका लागि ६ करोडको बजेट प्रस्ताव

सप्तरीमा आगामी आर्थिक वर्षका लागि ६ करोडको बजेट प्रस्ताव
Bwtech New Add With Software & Bull SMS

राजविराज, २९ असार । जिल्ला समन्वय समिति सप्तरीको प्रथम जिल्ला सभाबाट आगामी आर्थिक वर्ष ०७५÷७६ का लागि पँजीगत तथा चालुतर्फ गरी कुल ६ करोडको बजेट प्रस्ताव गरिएको छ ।
राजविराजमा शुक्रवार आयोजना गरिएको जिल्ला सभामा जिल्ला समन्वय समितीका संयोजक प्रमुख प्रभाकर यादवले पुँजीगततर्फ १ करोड र चालूतर्फ ५ करोडको बजेट प्रस्ताव गरेका छन् । सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा जिल्लाका प्रत्येक गाउँपालिकामा १५ तथा नगरपालिकामा २५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण, प्रदेश नम्बर २ मा सप्तरीलाई आँप जोनको रुपमा स्थापना, सदरमुकामसम्म जोडिने ४ लेन सडक निर्माणको कार्य अविलम्ब सुरु गर्नका लागि केन्द्र तथा प्रदेश सरकार समक्ष प्रस्ताव गरिएको उल्लेख छ ।
यसैगरी, अर्धशिक्षित वेरोजगार युवाहरुलाई लक्षित गरी बहुप्राविधिक शिक्षालयको स्थापना र सञ्चालन, सप्तकोसी तथा चन्द्र नहरबाट जिल्लाको सबै खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन, हुलाकी मार्गलाई यथासक्य आगामी आर्थिक वर्षमा कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन केन्द्र तथा प्रदेश सरकार समक्ष अनुरोध गरिएको निति तथा कार्यक्रममा जनाएको छ ।
यस बाहेक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, उद्योग तथा पर्यटन विकास र सूचना÷सञ्चार, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकतामा राखेका छन् । सामाजिक विकासतर्फ सबै सेवा केन्द्रबाट अत्यावश्यक औषधि निःशुल्क, ५ वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क व्यवस्था गर्न पहल, बाल मृत्युदर र मातृमृत्युदरलाई न्यूनीकरण गर्दै जिल्लावासीहरुलाई क्यान्सर, मिर्गौला, मुटुरोग लगायतका अति गम्भीर प्रकृतिका रोगहरुको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी, ५ वर्षभित्र बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत पोषणयुक्त कुपोषणमुक्त जिल्ला घोषण गर्ने लक्ष्यका साथ कार्य गरिने, निकृष्ट बालश्रम उन्नमुलन कार्यमा प्राथमिकता दिई बालश्रममुक्त गाउँ, नगर तथा जिल्ला घोषणा गर्ने कार्यको थालनी गर्न पहल, जिल्लामा निरक्षरता पूर्णरुपमा अन्त्य गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।
आर्थिक विकासतर्फ ५ वर्षभित्र शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, धार्मिक तथा पर्यटनको क्षेत्रमा नेपालकै अग्रणी जिल्लाका रुपमा सप्तरीलाई उभ्याउने, गरिबीको रेखामुनि रहेका परिवारहरुको पहिचान गरी आर्थिक क्रियाकलापहरुमा सहयोग गरी उनीहरुलाई सहुलियत र छुटको व्यवस्था गर्ने उल्लेख छ ।
यसैगरी, जिल्लाका १८ वटै स्थानीय तहका केन्द्रहरुमा व्यवस्थित बजार केन्द्र र सबै वडा केन्द्रहरुमा अत्यावश्यक सुविधासहितको सेवा केन्द्रहरु स्थापनाको कार्य अगाडि बढाउन समन्वय गरिने, ईट्टा भट्टा, रााईस मिल तथा सहमिल र नदीजन्य सामाग्री लगायतका स्थानिय तहका आन्तरिक आयसँग सम्वन्धित उद्योगहरुलाई उपयुक्त मापदण्डका आधारमा व्यवस्थि तगर्न समन्वय गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्वाधार विकासतर्फ जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका केन्द्रहरु बाह्रै महिना चल्ने कालोपत्रे सडकबाट जिल्ला सदरमुकामसँग जोड्ने र सबै गाउँ, बस्तीहरुमा सडक सञ्जाल पु¥याउन प्रयत्न गर्ने, नगररगाउँपालिकाका केन्द्रहरुमा व्यवस्थित र सुविधासम्पन्न बसपार्क निर्माण गर्न कार्यलाई प्राथमिकता दिइएको छ ।
उद्योग तथा पर्यटन विकासतर्फ जिल्लाका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरुको उजागर र संरक्षण गरी पर्यटकीय जिल्लाका रुपमा विकास गरी प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्ने, सप्तकोसीर्मा याफ्टिङ, फिसिङ, रक क्लाइम्बिङ पर्यटन पूर्वाधारहरु तयार गर्न प्रोत्साहित गर्ने, अग्निसाइर कृष्णासवरन गाउँपालिका क्षेत्रमा थारु सांस्कृतिक संग्रहालय, वीरेन्द्र बजार क्षेत्रमा तामाङ र राई, कञ्चनरुप नगरपालिकाको जगतपुरमा बातर र सरदार, पिप्रा पश्चिमको चहका कोरिया क्षेत्रमा मगर र भगवतपुर र लौनियाँमा धानुक समुदायको संस्कृतिको जगेर्नाका लागि संग्रहालय तथा सांस्कृतिक प्रदर्शन केन्द्रहरु स्थापना गरिने उल्लेख छ ।
यसैगरी, सप्तकोशी, छिन्नमस्ता शक्तिपीठ, कंकालिनी मन्दिर, विष्णु मन्दिर, गिद्धखोर, कृष्णाराम मरौटी र लोहजाराको भेडिया मढ मन्दिर क्षेत्रको दिर्घकालिन पर्यटन गुरुयोजना तयार गरी तदनुरुपका काार्यक्रम अघि बढाउन पहल गरिने निति तथा कार्यक्रममा उल्लेख छ ।
सूचना÷सञ्चार, सुशासन तथा संस्थागत विकासतर्फ विद्युतीय शासन तथा सेवा प्रणालीलाई प्रवद्र्धन गरिने, सबै पालिकाहरुको नागरिक बडापत्र अद्यावधिक गरी हेल्प डेस्क र आन्तरिक लेआउटलाई सेवाग्राहीमैत्री बनाउने, सबै नगरपालिका र गाउँपालिकाहरुको वेवसाईट तयार गरी स्थानिय तहको वितरण सार्वजनिक गर्न पहल गर्न र सवै स्थानिय तहलाई डिजिटाइज प्रोफाइल तयार गरी आफ्नो क्षेत्रभित्र रहेका सम्पूर्ण घरधुरीको विवरणलाई जिपिएस प्रणालीमा जोडेर सूचनाहरुलाई अद्यावधिक गर्न प्रोत्साहन गरिने विषयलाई नीति तथा कार्यक्रममा उल्लेख छ ।
जिल्ला समन्वय समितीका प्रमुख यादवकै अध्यक्षता तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा आयोजित सभामा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, समाजिक विकास मन्त्री नवलकिशोर साह, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश नम्वर २ का प्रदेश समिती सदस्य गोविन्द न्यौपाने, विदेश्वर यादव, रुवी कर्ण, राष्ट्रिय जनता पार्टी नेपालका नेताद्वय, मृगेन्द्र सिंह यादव र शेखर सिंह, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, कञ्चनरुपका वसन्त कुमार मिश्रा, सुरुड्डका मुक्तीनाथ चौधरीले शुभकामाना मन्तव्य व्यक्त गरे ।
यसैगरी काँग्रेस सप्तरीका सभापती दिनेश यादव, संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादव, नेकपा सप्तरीका कार्यवाहक अध्यक्ष मो. अव्दुल मज्जित साकिर, गैसस महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्दन चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका प्रतिनिधी वृजमान तामाङ, लोकतान्त्रिक गैसस महासंघ सप्तरीका अध्यक्ष अर्जुन यादव, नागारिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, अग्नीसाईर कृष्णा सवरन गाउँपालिकाका उपाध्यक्ष मिना चौधरी लगायतकाले शुभकामाना मनतव्य व्यक्त गरेका थिए ।
जिल्ला समवन्य समितीका कमली विराजीले सञ्चालन गरेको कार्यक्रममा स्वागत स्थानिय विकास अधिकारी प्रह्लाद पोखरेलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विशेष कारणले उपस्थित हुन नसकेपछि उनले पठाएको संदेश जिल्ला समन्वय समितीका प्रमुख यादवले वाचन गरेका थिए ।

Online Saptari
Online Saptari

About The Author