• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मुख्यमन्त्री राउतलाई मातृशोक

जनकपुरधाम, २९ असार । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृ शोक परेको छ ।
करिब ७० वर्षको उमेरमा आज दिउसो ३ः१५ बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको अस्पताल स्रोतले जनाएको छ । समान्य ज्वरो आएपछि उपचारको लागि ३ दिनअघि भारत बिहारको रक्सौलस्थित डंकन अस्पतालमा भर्ना गरेका उहाँको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँलाई अन्तिम संस्कारको लागि आजै पैतृक गाँउ पर्साको जगन्नाथपुर लैजाने र भोली बिहान ९ बजे मुस्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जनाएका छन् । मृतक राउतका २ छोरा र दुई छोरी हुनुहुन्छ । जेठो छोरा लालबाबु राउत प्रदेश नम्बर २ को मुख्यमन्त्री हुनुहुन्छ भने कान्छो छोरा रामबाबु राउत कृषक हुनुहुन्छ ।