करोडौै खर्च भएपनि विरेन्द्र वजार खानेपानी योजना अधुरै

करोडौै खर्च भएपनि विरेन्द्र वजार खानेपानी योजना अधुरै
Bwtech New Add With Software & Bull SMS

वृजमान तामाङ/विरेन्द्र वजार, २६ असार । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ स्थित विरेन्द्र वजार खानेपानी योजनाको नाममा करोडौंको वजेट खर्च भएपनि योजना भने अधुरै रहेको छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीद्वारा संचालित योजानामा करिव ६ करोड भन्दा वढी रकम खर्च हुदाँ समेत योजनाको काम अधुरै रहेको हो । उपभोक्ता समिती र कर्मचारीको मिलोमतोमा वजेट दुरुपयोग हुदाँ खानेपानी योजनाको काम अधुरो छोडिएको स्थानियवासीले आरोप लगाएका छन् । उपभोक्ता समिती र कर्मचारीहरुको लापरवाहीका कारण गुणस्तरहिन काम हुदा पटक—पटक धारा अवरुध हुने गरेको उपभोक्तहरुले गुनासो गरेका छन् । कम मुल्यको पलाष्टिक पायप प्रयोग भएकाले वेलावेलामा फुट्ने गरेको छ, एक उपभोक्तले भने, खोलाको मुहानमा सिधै दहमा पायप लगाएकाले वाढीले वगाउदा हप्तौ पानी उपभोग गर्नु पाईदैन ।
पानी फिल्टर नगरी धारा वितरण गर्दा उपभोक्तहरु दुषित पानी खान वाध्य हुनु परेको स्थानीहरुले जनाएको छ । धरौटी १५ सय, जडान खर्च २ हजार साथै प्रति महिना २ सयको दरले खानेपानी योजनाका उपभोक्ता समितीलाई वुझाउदा समेत शुद्ध खानेपानी पिउन नपाएको धारा उपभोक्ताहरु बताउछन । नियमित रुपमा पानी नआएको र शुद्ध पानी वितरण नहुदा धरौटी माँग गर्दा विरेन्द्र वजार खानेपनी तथा सरसफाई योजनाका अध्यक्ष गोपाल सिंह थापाले हप्काएर पठाएको एक धारा उपभोक्ताले दुखेसो सुनाए । विरेन्द्र वजार खानेपानी तथा सरसफाई उपभोक्ता समितीका कोषाध्यक्ष लाल वहादुर तामाङसंग वजेट वारे जानकारी माँग्दा आफूसंग आम्दानी खर्चको कुनै अभिलेख नरहेको वताए ।
आफू नामको मात्र कोषध्यक्ष रहेको वताउदै, उनले भने– ‘के कति आम्दानी खर्च हो भन्ने विवरण वारे अध्यक्षले नवताएको जानकारी दिए ।’ विरेन्द्र वजार खानेपानी योजनामा करडौ खर्च भएपनी काम अधुरै रहनुले उपभोक्ता समिती र कर्मचारीको मिलोमतोमा मोटो रकमको चलखेल भएको हुन सक्ने स्थानीहरुले आशंका गरेका छन् । खानेपानी योजना सञ्चालन भएको वषौं वित्दा समेत हरहिसावको अभिलेख नै नराखी गुपचुप राखी सार्वजानिक नगर्नुले ठूलै चलखेल भएको हुन सक्ने श्रोतको दाबि रहेको छ ।

Online Saptari
Online Saptari

About The Author