राजविराज, २३ असार । सप्तरीको राजगढ गाउँपालिकाको विभिन्न वडामा जातीय छुवाछुत विरुद्ध जनचेतनामुलक सडक नाटक आईतवार प्रर्दशन गरिएको छ । गाउँपालिकाको सहयोग तथा दलित जनजागरण सेवा समितीले वडा नं.१, २, ३ र ५ मा जातीय छुवाछुत विरुद्ध जनचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको हो ।
छुवाछुतका कारण समाजमा बसोवास गर्ने कतिपय समूदायले गम्भीर, जटिल र कष्टकर जीवन विताउन बाध्यता खेप्दै आएकोले छुवाछुत नगर्न गराउन चेतना फैलाउदै सडक नाटक प्रदर्शन गरिएको छ । २०६३ जेठ २१ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा भईसक्दापनि जातीय आधारमा हुनेगरेको छुवाछुत अझै कायमै रहेकोले जातीय छुवाछुत विरुद्ध चेतनामुलक सडक प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष जितु रामले बताए ।
संस्थाका अध्यक्ष राम, सरस्वति राउत, लिलम यादव, मनिषा यादव, संजय राम, शिवानी यादव, श्रीलाल ठाकुर, सुधिर यादव लगायतका कलाकारले प्रदर्शन गरेको आयोजक संस्थाले जनाएको छ ।