• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

दुई दिनमा मात्र सर्पदंशबाट १५ जना प्रभावित

दुई दिनमा मात्र सर्पदंशबाट १५ जना प्रभावित

राजविराज, २५ असार ।  बढ्दो गर्मी, वर्षा र बाढीका कारण सप्तरीमा सर्पदंशका विरामी अत्यधिक बढेका छन् । दुई दिन यता मात्रै गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा १५ जना सर्पदंश प्रभावित उपचारका लागि आएका छन् ।
बढ्दो गर्मी, वर्षा र बाढीका कारण दुलोबाहिर निस्केर सर्पले मानिसलाई टोक्न थालेपछि उपचारका लागि अस्पताल आउने विरामीहरुको संख्या बढ्दो रहेको अस्पतालले जनाएको छ । ९ गाउँपालिका र ९ नगरपालिका गरी १८ वटै स्थानिय तहबाट दैनिक सर्पदंशका ५ देखि ७ जना विरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका आक्समिक कक्ष प्रमुख धनेश्वर साहले बताए ।
‘असार २३ र २४ गते मात्र १५ जना सर्पदंश प्रभावित उपचारका लागि भर्ना भयो’ प्रमुख साहले भने–‘गर्मीसँगै वर्षा र बाढीका कारण दैनिक ५ देखि ७ जना सर्पदंशका विरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।’

  • ‘सर्पले टोकेको विरामीलाई समयमै अस्पताल ल्याउनसके निको हुने सम्भावना बढी हुने भएकोले सर्पले टोकेको थाहा पाउने वितिकै अस्पताल पुर्याउन सर्वसाधारणमा आग्रह छ ।’

राजविराजका सुन्दर यादव, राजविराजकै रेखादेवी कापैड, रेशमी दास, कमलदेवी यादव, मजाराम साह र शिवकुमारी यादव, बोदे वरसाईनकी सितादेवी साह, विष्णपुरका महेन्द्र राम र अनिताकुमारी राम, हनुमाननगर कंकालिनीकी सन्जु सिंह, रुपनीकी विनिताकुमारी मण्डल, डाक्नेशवरीका रामनारायण राम, छिन्नमस्ताका देवेन्द्र साह, अग्निसाइर कृष्णसवरणका उषाकुमारी चौधरी र विहार राज्यको सुपौल जिल्ला कुनौलीकी मदनकुमारी मण्डल दुई दिन यता सर्पदंशले प्रभावित भएको प्रमुख साहले बताए ।
उनका अनुसार असार मसान्तको २४ गतेसम्म १ सय ५ जना सर्पदंशबाट प्रभावित भएका छन् । उपचारका लागि १८ गते अस्पताल आएका राजविराजकी शिवकुमारी यादवलाई विषालु सर्पले टोकेकोले रेफर गर्नु परेको उनले बताए । ‘अस्पतालमा अक्सिजन छैन्’ प्रमुख साहले भने–‘विष लागेर सिरियस अवस्था देखिएकोले धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरेको हो ।’
अन्य ननपोइजनिङ्ग (विषरहित) विरामीहरुलाई उपचारपछि निको भएको उनले बताए । ‘अहिले अस्पतालमा एण्टीस्नेक भेनम (सर्पदंश विरुद्धको औषधी) प्रयाप्त मात्रामा छ’ प्रमुख साहले भने–‘सर्पले टोकेको विरामीलाई समयमै अस्पताल ल्याउनसके निको हुने सम्भावना बढी हुने भएकोले सर्पले टोकेको थाहा पाउने वितिकै अस्पताल पुर्याउन सर्वसाधारणमा आग्रह छ ।’