• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

रुपनी गाउँपालिकाद्वारा संचालित योजनाहरुमा स्थानियको असन्तुष्टी

रुपनी गाउँपालिकाद्वारा संचालित योजनाहरुमा स्थानियको असन्तुष्टी

वृजमान तामाङ/विरेन्द्र वजार, २४ असार । सप्तरीको रुपनी गाउँपालिकाद्वारा संचालित आर्थिक वर्ष २०७४/०७५ को योजना प्रति स्थानियहरुले असन्तुष्टी व्यक्त गरेका छन ।
स्थानिय जनप्रतिनिधीहरुकको मिलोमतोमा असारे विकास गरी वजेट झ्वाम पारेको भन्दै स्थानीय वासीले असन्तुष्टी व्यक्त गरेको हुन । गाउँपालिकाद्धारा संचालित रुपनी गाउँपालिका वडा नम्वर १ स्थीत तिनकुने पार्कमा हतारमा रङ्गरोगन गरेको छ भने वर्षाका कारण रङ्ग वगरे जाने हुदा काम औचित्यहिन हुने स्थानीय वासीको भनाई रहेको छ । वजार क्षेत्रमा माटो भर्ने काम गर्दा पानी परेको समयमा नाला नभएकोले वजार पोखरीमा परिणत हुने गरेको स्थानीय वासीहरु वताउछन । एक स्थानीय वासीले भने, वजेट झ्वाम पार्ने नियतले काम गर्दा वजारवासीले सास्ती खेप्नु परेको छ ।
वजारमा नाला र ग्राभेलको काम यथाशिर्घ व्यावस्था गर्न जनप्रतिनिधीहरुको ध्यानाअकर्षण गराउदा समेत वेवास्था गरेको वजार वासीले गुनासो गरेका छन । पुर्व पश्चिम राजमार्गको उत्तर तर्फको नालामा फोहर र माटोले जाम भएर पानीको निकास वन्द हुदा समेत वडा नम्वर १ का वडा अध्यक्ष पितम्वर यादवलाई पटक—पटक गुहार्दा कुनै सुनवाई नगरेको वजार वासीको आरोप रहेका छन । वजारमा रहेको नाला सफा गरी पानीको दिगो निकाश खोज्न स्थानियले माँग गरेका छन । यस्तै गाउँपालिकामा निर्वार्चित जनप्रतिनिधीहरुले नातागोता र आफ्ना आसेपासेलाई कमिसनको प्रलोभनमा योजना दिने गरेको स्थानी वासीले आरोप लगाएका छन ।
कमिसनको लोभमा योजना वाँडफाड हुदा वजेट वढी दुरुपयोग हुने गरेको र गुणस्तरहिन काम गरेर जनप्रतिनिधी र उपभोक्त समिती मोटाउने गरेकोले खुल्ला प्रतिस्पर्धामा योजना संचालन हुनुपर्ने स्थानीय वुद्धिजीवीहरुले वताएका छन । माथि उल्लेखित योजनाहरु प्रतिनिधीमुलक मात्र हुन यस्ता अनिमितता गाउँपालिकाको भित्र संचालित योजनाहरुमा प्रसस्तै पाईने स्थानीहरुको भनाई रहेको छ । योजना अनुगमन गर्ने जिम्वारी जनप्रतिनिधीले पाएका हुदा आफै झाक्री आफै वोक्सी भने उखान जस्तै हुदा कामको मुल्याङकन पारदर्शी नहुने गरेको नागरिक समाजका अगुवाहरु वताउछ ।