महुली खोलाको पुल मर्मत–सम्भारका लागि एक साता लाग्ने

महुली खोलाको पुल मर्मत–सम्भारका लागि एक साता लाग्ने
Bwtech New Add With Software & Bull SMS

राजविराज, २४ असार ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ स्थित महुली खोलाको पुल मर्मत–सम्भारका लागि एक साता लाग्ने भएको छ ।
सडक डिभिजन कार्यालयले यातायातमा अवरोध नहुनेगरी पुल मर्मत–सम्भारको काम सुरु गरिसकेकोले एक सातासम्म लाग्ने कार्यालयले जनाएको छ । पुल भत्किएको ठाउँमा तारजाली लगाएर मर्मत गर्ने तथा क्षति पुगेको भागमा बाढीले असर नगरोस् भन्न माथिल्लो भागमा ‘पर’ निर्माणका लागि तयारी भइरहेकोले एक साताभित्रै कार्य भईसक्ने सडक डिभिजन क्षेत्रीय कार्यालयका निर्देशक दिपक भट्टराईले जानकारी दिएका छन् ।
गत बुधवारै खोलामा आएको बाढीले झण्डै ५० मिटर भासिएको पुल शनिबार साँझ २५ मिटर भत्किएको छ । एक साइडबाट पुल भत्किएपछि सवारी साधन वन–वे (एकतर्फी) सञ्चालन भईरहेको छ । तर, समयमा मर्मतको काम नभए वर्षात सुरु भएपछि बाढीले बाँकी रहेको भाग समेत बगाउन सक्ने खतरा रहेको स्थानीय रामकिशुन सरदारले बताए ।
उक्त पुलका कारण राजमार्ग अबरुद्ध भए वैकल्पिक मार्गका रुपमा रहेको भारदह–हनुमाननगर–राजविराज–रुपनी जोड्ने सडकमा गाडीको चाप थेग्न सक्ने अवस्था समेत नरहेको सप्तरीका सप्तरीका एसपी मुकेश कुमार सिंहले बताए । यो पुल भएर दैनिक साना÷ठूला गरी करिब ३ हजार सवारी साधन आवतजावत गर्छन् ।

Online Saptari
Online Saptari

About The Author