• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
महुली पुलको वीच भाग नै भाँचियो

बोधराज सुवेदी/महुली, असार २४ गते। सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँ पालिका वार्ड नं. ५ र ६ मा पर्ने महुली पुलको माध्येभागको उत्तरखण्डको करीव एक सय ५० मिटर भाग शनिवार साँझ करीव ६ वजे भाँचिएको ईलाका प्रहरी कार्यालय महुलीले जनाएको छ।
एक हप्ता अगाडीको अविरल वर्षाको कारणले महुली नदीमा आएको वाढीले पुलको उत्तर तर्फको वाँध वगाउँदा सो पुल चर्किएको थियो। पुल चर्किएपछि जिल्लाका सुरक्षा निकायका प्रमुखहरुसंगै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल समेतको टोलीले तत्काल निरीक्षण गरी आवश्यक सुरक्षाको प्रवन्ध मिलाइएको थियो।
पुलको एकापट्टीको भाग क्षतिग्रस्त भएपनि अर्को तर्फवाट यातायात सुचारु भइरहेकोे थियो। ब्यस्त सडकमा सवारी साधनहरु चलिरहेकै अवस्थामा शनिवार साँझ एकाएक पुल भत्किएर खोलामा झरेको हो। पुलको अवश्था नाजुक हुँदा हुँदै अत्यधिक मालवाहक सवारी सानधनहरु एकतर्फी रुपमा सञ्चालन भइरँदा संतुलन विग्रिएर पुरै भत्किएको हुन सक्ने स्थानिएको अनुमान छ।
वि.सं २०२८ सालमा निर्मित सो पुलको लम्वाई एक हजार एक सय ३४ मिटर रहेको छ। पुल भत्किए पनि सडक पूर्णरुपले अवरुद्ध भएको छैन तथापी यो उच्च जाखिममा रहेको स्थानिएको भनाइ छ। तत्काल कुनै र्वकल्पिक उपायको खोजी नभएमा कुनैपनि वेला ठूलो दुर्घटना हुन सक्ने अग्नीसाइर कृष्णासवरन गाउँ पालिका वार्ड नं.६ की वार्ड अध्यक्ष कुसुम आचार्यले वताइन्।