एकल महिला सम्वन्धि सचेतनामुलक तालिम सम्पन्न

एकल महिला सम्वन्धि सचेतनामुलक तालिम सम्पन्न
Bwtech New Add With Software & Bull SMS

राजविराज, २२ असार । सप्तरीको बोदे वरसाईन नगरपालिका–१ बोदे वरसाइनमा एकल महिला सम्वन्धि सचेतनामुलक तालिम शनिवार सम्पन्न भएको छ । नगरपालिकाको सहयोग तथा विद्यापति सामाजिक विकास केन्द्र नेपालको आयोजनामा तालिम सम्पन्न भएको हो ।
उक्त तालिममा सोहि नगरपालिकाका ३५ जना एकल महिलालाई सचेतना सम्वन्धी जानकारी गराइएको आयोजक संस्थाका अध्यक्ष धर्मनाथ यादवले जानकारी दिएका छन् । समापन सम्मारोहमा नगरपालिकाका योजना शाखाका नायव सुब्बा (नासु) उमाशंकर यादव, नगरपालिकाकै अमिन निरजकुमार यादव, पत्रकार घुरन यादव लगायतको सहभागीता थियो ।

Online Saptari
Online Saptari

About The Author