• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजनीतिक प्रतिबद्धता र कर्मचारीहरुको सर्वस्वीकार्यता आवश्यकःमुख्यमन्त्री राउत

राजनीतिक प्रतिबद्धता र कर्मचारीहरुको सर्वस्वीकार्यता आवश्यकःमुख्यमन्त्री राउत

जनकपुरधाम, १९ असार । मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनको लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीहरुको सर्वस्वीकार्यता आवश्यक रहेको बताएका छन् ।
जनकपुरमा मंगलबार आयोजित संक्रमणकालिन संघीयताको व्यवस्थापन विषयक कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै उनले संघीयता कार्यन्वयन हुनेमा अझै केही यथास्थितिहरु विश्वस्त हुन नसकेको टिप्पणी गरे । यथास्थितिवादीहरु प्रति लक्षित गर्दै उनले भने ‘धेरै व्यक्तिले नचाहदा नचाहदै मधेशी जनताको आन्दोलनको बलमा संघीयता आएको हो, संघीयता कार्यान्वयन हुनेमा उहाँहरु अझै विश्वस्त हुन सक्नु भएको छैन ।’
लामो संघर्ष र बलिदानीले प्राप्त संघीयताको भविष्य प्रदेश नम्बर २को सफलतामा निर्भर रहेको बताउदै उहाँले संघीयताको सफल कार्यान्वयनको लागि आफुहरु जस्तो सुकै कदम उठाउन तैयार रहेको उल्लेख गरे । स्थायी सत्ता अर्थात व्युरोक्रेटले माथिबाट असहयोग गर्ने प्रयास गरि रहेको टिप्पणी गर्दै उहाँले फेरी पनि असहयोगको प्रयास भए आफुहरु करारमा कर्मचारी भर्ना गरेर प्रदेश चलाउन बाध्य हुने चेतावनी समेत दिएका हुन् ।
समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. हरिबंश झा, संघीय मामिला मन्त्रालयका उपसचिव रमेश अधिकारी सहितको सहभागिता रहेको थियो ।