• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

अध्यक्ष क्रिकेट प्रतियोगिताको उपाधि अग्नीसाइर कृष्णासवरनलाई

अध्यक्ष क्रिकेट प्रतियोगिताको उपाधि अग्नीसाइर कृष्णासवरनलाई

विरेन्द्र वजार, १७ असार । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ मा सञ्चालित प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगिताको उपाधि अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्वर २ सितापुरले हात पारेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा आयोजक वी एण्ड वी स्र्पोट कल्व रुपनी गाउँपालिका वडा नम्वर ६ लाई ४७ रनको अन्तरले पछाडि पार्दै अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्वर २ सितापुरले विजयी हासिल गरेको हो । २० ओभरको खेलमा टस जितेर फिल्डिङ रोजेको उपविजेता वी एण्ड वी स्पोर्ट कल्वलाई विजेता टिमले १ सय ४० रनको टार्गेट दिएका थिए ।
उपविजेता टिमले १८ ओभरमा सम्पुर्ण विकेट गुमाई ९२ रन मात्र लिन सफल भएका थिए । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई एक समारोहका विच शिल्ड, प्रमाण—पत्र, मेडल र नगद पुरस्कार वितरण गरिएको छ ।
रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष गोविन्द सिंह थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा विजेता टिम अग्नीसाईर कृष्णा सवरण गाउँपालिका वडा नम्वर २ लाई रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले शिल्ड, मेडल, प्रमाण—पत्र सहित २५ हजार नगद पुरस्कार प्रदान गरे ।
यसैगरी उप—विजेता टिमलाई रुपनी गाउँपालिकाकी उपाध्यक्ष वेचनी देवी सरदारले शिल्ड, मेडल, प्रमाण—पत्र सहित १५ हजार नगद पुरस्कार प्रदान गरिन् । प्रतियोगितामा वेष्ट व्याटसम्यान घोषित भएका आदित्य सिंहलाई रुपनी गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष पितम्वर यादवले शिल्ड प्रदान गरे भने वेष्ट बलर नितेश यादवलाई रुपनी गाउँपालिकाका अध्यक्ष गोविन्द सिंह थापाले शिल्ड हस्तान्तरण गरे ।
कार्यक्रममा रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले खेलको माध्यमले गाउँपालिकाको पहिचान हुने बताए । उपाध्यक्ष सरदारले कवड्डी लगायतका राष्ट्रिय खेल प्रति यूवा पिडीको आर्कषण घद्दै गएकोमा चिन्ता व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य वृजमान तामाङ , वडा नम्वर १ का वडा अध्यक्ष पिताम्वर यादव, वडा नम्वर ६ का वडा सचिव गिरधर मेहता, सङ्घीय समाजवादी फोरम नेपालका सुर्य नारायण मेहता, त्रिशक्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश मेहता लगायतले खेलाडीहरुलाई वधाई दिदै शुभकामना व्यक्त गरे ।
यूवा नेता राम कुमार यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत रमानन्द ठाकुरले गरे । रुपनी गाउँपालिका वडा नम्वर ६ द्वारा सञ्चालित प्रथम वडा अध्यक्ष क्रिकेट प्रतियोगितामा मोरङ्ग, सुनसरी, सिरहा र सप्तरीका गरी १८ वटा टिमले सहभागिता जनाएका थिए ।